प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार १६:६:५६
•समाचार टिप्पणी
२२ वैशाख, काठमाडौं । शनिबार नेकपा माओवादी संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई सत्ता समीकरण फेरिएपछि र अब आउन सक्ने संकटका विषयमा गहिरो ढंगले छोटो समीक्षा सुनाएका छन् । बैठक सकिएपछि नेपालबहसको सम्पर्कमा आएका नेकपा माओवादीका एक नेताले प्रमुख प्रतिपक्षी दलसँग वार्ता सकारात्मक नभए राजनीतिक संकट बढेर जाने भनाई प्रधानमन्त्री प्रचण्डले बैठक राखेको बताए ।
प्रचण्डले सत्ता समीकरण भित्रकै दलको भर नभएको बताएका थिए । मन्त्रिपरिषदको निर्णयबाट वैशाख २८ गतेदेखि संसदको बजेट अधिवेशन बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना माग पुरा नभए बजेट अधिवेशन चल्न नदिने जानकारी प्रधानमन्त्रीलाई दिएको छ । यो अवस्थामा सरकार सहज ढंगले अगाडि जाला र बजेट पारित होला भन्न सकिने अवस्था छैन । बैठकमा प्रचण्डले सत्तापक्ष र प्रतिपक्षका बाटोमा आन्तरिक अन्तर्विरोध गम्भीर प्रकारले बढिरहेको बताएका थिए ।
ति नेताको भनाइमा, प्रचण्डले प्रतिपक्षको काम भनेको समीकरण भत्काउने परम्परा नै भइसक्यो । पहिले एमालेले त्यसै गर्यो, अहिले कांग्रेसले उस्तै रणनीति लिएको छ । कांग्रेस तत्काल अहिलेकै अवस्थामा यो समीकरण भत्काउने प्रयत्नमा छ । हाम्रो यो गठबन्धनमा स्थिरता देखिँदैन । सत्ता पक्ष र प्रतिपक्षका कतिपय कुरालाई मिलाएर लान सकिएन भने गम्भीर प्रकारको परिस्थिति आउन सक्छ । बजेट पारित नहुन सक्छ । प्रधानमन्त्री प्रचण्डले संसद बैठक सुचारु गर्नका लागि विपक्षी दलहरूसँग संवाद जारी राखेको बताएका थिए ।
यसको निकासका लागि सर्वदलीय बैठक बोलाएर छलफल गराउने उनले नेताहरूलाई जानकारी दिएका थिए । २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको पूर्वसन्ध्यामा आफ्नो पार्टीको संसदीय दलको बैठक राखेर प्रधानमन्त्रीले अब आउन सक्ने राजनीतिक संकटका बारे नेताहरूलाई जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डको भनाइको आशय बुझ्दा यो सत्ता समीकरण धेरै लामो जाने विश्वास उनलाई नभएपछि बैठकमा परिस्थितिबारे जानकारी गराएका हुन् ।
यसरी हेर्दा सत्ता समीकरण केही गरी लम्बिने अवस्था भयो भने बजेट अध्यादेशबाट ल्याउनु पर्ने छ । सत्ता समीकरण फेरियो भने नयाँ सरकारले बजेट ल्याउने परिस्थिति बन्ने देखिएको छ । ति नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका बीचमा सहकारी ठगी प्रकरणको छानविनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउने र गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिने कुरामा सहमति भयो भने यो समीकरणले बजेट पास गराउने अवस्था बन्न सक्छ । तर, यो परिस्थिति आउने सम्भावना तत्काल देखिएको छैन ।
कांग्रेस महासमितिको बैठकले पारित गरेका केही विषयलाई लिएर कांग्रेसबाट अलग हुने धारणा बनाएका माओवादी नेताहरु अहिले गल्ती भएको महसुस गर्न थालेका छन् । प्रचण्ड स्वयंले पनि यो समीकरणलाई सहज मानेका छैनन् । बाहिर भन्न नमिल्ने भएपनि माओवादी भित्र समीकरण फेरिएको विषय गम्भीर रुपमा उठिरहेको छ । अब समीकरण फेरियो भने त्यसमा माओवादी रहन सक्छ । तर, प्रधानमन्त्री भने पाउने छैन । समीकरण फेरिँदा प्रचण्ड दलको नेताका रुपमा पुग्नेछन् ।
खास गरी अहिलेको समीकरणमा यदि गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने अवस्था आयो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सबैभन्दा पहिले सरकारबाट बाहिरिने छ । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी खुट्टा उचालेर बसेका छन् । मन्त्रिपरिषदमा ओलीको हैकम उनीहरुले पचाउन सकेका छैनन् । समीकरण फेरिएपछिका हरेक मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि ओलीलाई ब्रिफिङ गर्नुपर्छ । मन्त्रिपरिषद बैठक बस्ने दिन ओली आफै सिंहदरबार पुग्दै आएका छन् । त्यो दिन छलफल हुने र निर्णय हुने विषयमा प्रचण्डले पहिले ओलीसँग छलफल गर्नुपर्छ ।
यो कुरा माओवादीकै नेतालाई पनि मन परेको छैन । उनीहरू परिबन्दमा परेकाले सहनु भने परेको छ । कांग्रेसको माग अनुसार संसदीय छानबिन समिति बनाएर संसद सुचारु गरौं भन्दा रास्वपा सरकारबाट बाहिर जाने डर प्रचण्डलाई छ । ओली पनि बल्लतल्ल हातमा आएको अप्रत्यक्ष सत्ता गुम्ने डरमा छन् । समिति बनाउँदा सत्ता समीकरण नबच्ने पक्का भएकाले सत्ता पक्ष समीकरणकै लागि पनि समिति बनाउन तयार हुने देखिँदैन भने समिति बनाएर गृहमन्त्रीले राजीनामा दिनुपर्ने परिस्थिति बनेन भने संसद चल्नै नदिने पक्षमा कांग्रेस छ । यसैले प्रधानमन्त्री प्रचण्डले बैठकमा कि समीकरण जान्छ कि बजेट अध्यादेशबाट ल्याउनुपर्छ भनेका हुन् ।
बजेट अगाडि नै सत्ता समीकरण बदल्नुपर्ने कुरामा कांग्रेस मात्र छैन । नेकपा एस र सरकारकै पक्षमा रहेका अन्य साना पार्टीहरू पनि छन् । केन्द्रमा मिले पनि प्रदेशमा जसपा, नाउपा र जनमत यो समीकरण फेर्नुपर्ने पक्षमा छन् । कांग्रेसका केही र नेकपा एमालेका उपल्लो तहका नेताहरु दुई पार्टीको सरकार बनाउने छलफल गरिरहेकै छन् । यसले पनि प्रधानमन्त्री प्रचण्डलाई अहिलेको सत्ता समीकरण लामो समय जाला र प्रधानमन्त्री भइरहुँला भन्ने विश्वास टुट्दै गइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार