टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १६:५९:४८
२३ वैशाख, काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ । नेपालले पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा आयोजक नेपालसहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने टेबल टेनिस खेलका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए ।
छनोटमा दक्षिण एसियाली राष्ट्र भारत भने विश्व वरियाताको शीष आठभित्र रहँदै यसअघि नै छनोट भइसकेको छ । प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र दुई महिला खेलाडीको सभागिता रहनेछ । यसमध्ये समान एक पुरुष र एक महिला खेलाडी फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलका लागि छनोट हुनेछन् ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त छनोट खेलमा नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले सहभागिता जनाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
दशरथ रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा
बैशाख २५, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार