सीप मेलामा डकर्मी तालिमका लागि आवेदन आह्वान
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १३:३१:२२
२६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि कार्यक्रमअर्न्तगत ‘सीप मेला २०८१’ मा डकर्मी सम्बन्धी आवेदन खुला गरेको हो ।
महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी र करदाता, फोहर व्यवस्थापन क्षेत्र ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रमा बसोबास गर्नेलाई प्राथमिकतामा राखेको महानगरले जनाएको छ ।
साथै महानगरले सबै नेपाली नागरिक सबैलाई अवसर दिइने बताउँदै बेरोजगार, युवायुवती, महिला, पुरुष, रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सीप सिकेर तथा काम गरेर फर्केकाहरु, अहिले काम खोज्दै गरेका व्यक्तिहरू सबैले तालिम लिन सक्ने बताएको छ । यो तालिम निःशुल्क भएको र तालिम टुँडिखेलमा हुने महानगरले बताएको छ ।
सामान्य लेखपढ गर्न सक्ने, १८ बर्ष पूरा भएको नेपाली नागरिकले आवेदन दिन सक्ने र आवेदन दिँदा नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो २ प्रति ल्याउन महानगरले जानकारी दिएको छ । महानगरले हाल जारी रहेको सीप मेलास्थल टुंडिखेलमा गएर आवेदन दिन सकिने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार