एमालेसँग सरकार बन्ने तहमा कुरा भएको छैनः लेखक
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १४:५६:३७
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेकपा एमालेसँग सरकार बनाइहाल्ने तहमा कुराकानी नभएको बताएका छन् । उनले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको समीकरण भत्काउन हतार नगरेको स्पष्ट पारे ।
राजनीतिमा निरन्तर संवाद हुन्छ, पहिलो दल भएकाले अरू दलसँग निरन्तर संवाद हुन्छ, स्वभाविक हो, उनले भने । लेखकले कांग्रेस र एमाले मिलेर सरकार बनाउने विषयमा ठोस सम्वाद नभएको बताए । आम नागरिकमा र दुबै दलभित्र पनि मुलुकमा धेरै अस्थिरता भएकाले ठूला दलहरू मिलेर सरकार बनाउने हो कि भन्ने धारणा रहे पनि कुरा नभएको उनले बताए ।
एमालेसँग मिलेर सरकार बन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘यसका बारेमा कुनै ठोस सम्वाद भएको छैन । एमालेसँग बसेर औपचारिक अनौपचारिक रुपले अब सरकार बनाऔं, यसरी बनाऔं भनेर सम्वाद भएको छैन ।’ उनले अगाडि भने, ‘तर समीकरणहरु बन्ने भत्किने हुन थाले, ससाना दलहरुलाई समेट्नुपर्ने, दलहरुका बीचमा कुरा नमिल्ने यसले अस्थिरता ल्याएको हुनाले कमसेकम ठूला दलहरु मिलेर सरकार बनाउने हो कि भन्ने आम धारणा बुझ्छु ।’
नागरिकमा जस्तै कांग्रेसभित्र र एमालेभित्र पनि धारणा रहेको हुनाले बेलाबेला सरकार बनाइहाल्ने हो कि भन्ने जसरी प्रकट हुने गरेको उनले बताए । तर, सरकार बनाइहाल्नेसम्म वार्ता सम्वाद भएको छैन ।’
ठूला राजनीतिक दलहरुका बीचमा केही विषयमा निरन्तर सम्वाद र सहकार्य हुनुपर्ने उनको भनाइ छ । शान्ति प्रक्रिया, संविधान निर्माण सबै सहमतिमा सम्भव भएको भन्दै नेता लेखकले भने, ‘संविधान जारी भएको ८ वर्ष भइसक्यो । संविधान आफैंले केही विषय १० वर्षमा रिभ्यू गर भनेको छ ।’
संविधानको अभ्यास गर्ने क्रममा केही जटिलता देखिएकाले यसको समीक्षा गर्नुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन लगायतमा पनि प्रमुख दलहरुबीच निरन्तर सम्वाद हुनुपर्ने कांग्रेस प्रमुख सचेतक लेखकको जोड छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार