सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १५:२४:११
२६ वैशाख, भैरहवा । भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालले प्रविधिसँगै सेवाहरु विस्तार गर्दै गइरहेको छ । फड्को मार्दै गएको स्वास्थ्य सेवामा दैनिक रुपमा नयाँ नयाँ प्रविधिको आगमन भइरहँदा सिटी अस्पतालले सोही अनुसार सेवा अद्यावधिक गर्दै गएको छ ।
अस्पतालले शल्यक्रिया क्षेत्रमा नयाँ प्रविधि लेजर तथा दुरविनबाट जटिल रोगका अपरेसन गर्ने प्रविधि र विशेषज्ञ चिकित्सकबाट सेवा दिइरहेको छ । यस्तै टाउकोमा गम्भीर चोट लागेका विरामीहरूलाई अकालमै ज्यान लजाओ र जोखम कममै उपचार होस भन्ने उद्देश्यले २४ सै घण्टा न्यूरो सर्जरी सेवा दिइरहेको छ । न्यूरो सर्जरी र जनरल सर्जरीमा अस्पतालले यस क्षेत्रमै विशिष्टिकृत सेवा प्रदान गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।
विरामीको आवश्यकतालाई मध्यनजर गर्दै सहज उपचारका लागि अनुभवी डाक्टर बाट हामीले सेवा दिइरहेका छौ, त्यसमा पनि अपडेट गर्दै मस्तिष्क तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा सहित अत्याधुनिक प्रविधि २४ सै घण्टा सेवा दिन लागिएको छ ।
बढ्दो दुर्घटनाका कारण प्रभावित विरामी काठमाण्डौ चितवन र भारत तर्फ भौतारिरहेको अवस्थामा अस्पतालले ट्रमा न्यूरो तथा सर्जरी सेवामा ख्याति प्राप्त गरेको बताए । डा. सन्नी थापा तथा अर्थोपेडिक सर्जनहरूको टिमले सबै प्रकारको उपचार सफलतापूर्वक गर्दै आएको प्रबन्ध निर्देशक पौडेलले भने ।
न्यूरो सेवामा न्यूरो सर्जरी अन्र्तगत टाउकोमा कुनै पनि प्रकारको चोट, रगत जमेका विरामी, टाउकामा ट्युमर, मेरुदण्डमा ट्युमर, मस्तिष्क घात, मेरुदण्डमा चोटपटक, अथवा नशा च्यापिएको, टाउको दुखिरहने, वान्ता हुने, प्यारालाईसिस भएको एवं यसका लक्षण देखिने विरामीहरुलाई सेवा दिँदै आएको डा। सन्नी थापाले बताए ।
न्यूरो संगै सामान्य जनरल सर्जरीमा पनि सिद्धार्थनगर सिटी अस्पतालले आफ्नो विशिष्टिकृत सेवा प्रदान गर्दै आईरहेको छ । डा। हरि शर्माको नेतृत्वमा प्रायजसो अपरेशनहरु दुरबिन प्रविधिद्वारा सफलतापूर्वक गर्दै आएको छ । उनले परम्परागत शैली भन्दा दुरविनबाट शल्यक्रिया अहिलेको नयाँ प्रविधि भएकोले इन्फेक्शनको जोखिम कम हुने, जटिल शल्यक्रिया पनि सफल रुपमा गर्न सकिने दाबी गरे । जर्मन टेक्नोलोजीको विश्वस्तरीय मान्यता प्राप्त मेसिनबाट एउटा प्वालबाट नै शल्यक्रिया हुने बताए ।
एपेन्डिसाईटिस, हर्निया, पित्तथैलीको पत्थरी, हाईड्रोसिल, हर्निया, मृगौलीको पत्थरी लगायतमा पहिला चिरेर अपरेशन गर्नुपर्ने पद्धति रहे पनि अहिले यसलाई सानो प्वाल पारी दुरबिनबाट नै गर्न सकिने डा। शर्माले जानकारी दिए । यसरी अपरेशन गरिएको विरामी छिट्टै निको हुने र आफ्नो काममा फर्कने गरेको उनको भनाई छ ।
काठमाण्डौं, बुटवल, र भारतको तुलनामा निकै सस्तो रहेको र यसको सफलतापूर्वक कार्यान्वयन भइरहेको छ । परम्परागत भन्दा यो प्रविधिबाट शल्यक्रिया गर्दा केही मात्रै महँगो रहेको छ । यो पनि अन्य निजी अस्पतालको तुलनामा निकै कम छ ।
नेपाली विरामीहरुलाई लक्षित गरि वैशाख २० गते देखि जेठ ४ गते सम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गरिएको उनले बताए । यस बाहेक ल्याब, एक्सरे, भिडियो एक्सरे, तथा ईसिजीमा ५० प्रतिशत छुट प्रदान गरिएको बताए ।
अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा सहित न्यूरो सर्जरी, मुटु रोग, जनरल फिजिशियन, जनरल सर्जरी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ, वालरोग विशेषज्ञ, नाक, कान घाँटी रोग विशेषज्ञ, कृत्रिम गर्भाधान सेवा, कपाल प्रत्यारोपण सेवा उपलब्ध गराउदै आएको छ । यस्तै निशुल्क हेमोडाईलासिस सेवा, आईसियु/एनआईसियु, सुरक्षित गर्भपतन, सम्पूर्ण प्रकारका अपरेशन, मोडुलर अपरेशन, सिटी स्क्यान, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतको सेवा प्रदान गर्दै आएको निर्देशक पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार