बोक्से-सिगाना सडक: १० महिनापछि निर्माण कार्य सुरू
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १६:२५:३८
२६ वैशाख, बागलुङ । एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत निर्माणाधीन बागलुङ बोक्से–सिगाना सडकको बाँकी काम दस महिनापछि सुरू भएको छ ।
बागलुङ बजारदेखि सिगना हुँदै शान्तिपुर जोड्ने सडक निर्माणको ढेक्का पाएको कर्ण बिल्डर्स कम्पनीले भुक्तानीको विवाद सुल्झिएपछि अहिले धमाधम निर्माण कार्य अगाडि बढाएको हो । गत वर्ष बोक्सेदेखि सिगाना वडा कार्यालयसम्म सडकको स्तरोन्नती गरेर फर्केको निर्माण कम्पनीले बक्यौता रकम भुक्तानी पाएपछि वडा कार्यालयदेखि गोखोलासम्मको सडक चौडा बनाउने, नाली निर्माण गर्नेलगायतको काम सुरू भएका सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले जानकारी दिए ।
उनका अनुसार पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भए पनि रु तीन करोड ३१ लाख भुक्तानी नपाउँदा गत वर्ष जेठदेखि निर्माण कम्पनीले काम रोकेको थियो । ३२ महिनामा निर्माण कार्य सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले डेढ वर्षमै कार्यसम्पन्न गर्ने लक्ष्यका साथ असारसम्म धमाधम काम भएको थियो ।
गत आर्थिक वर्षको रु तीन करोड ३१ लाख भुक्तानी पाएपछि एक महिनायता सडक स्तरोन्नतीसँगै कालोपत्रका लागि आवश्यक पूर्वाधारको काम गरिरहेको उनले बताए । “रकम भुक्तानीसम्बन्धी समस्या समाधान भएपछि दस महिनासम्म रोकिएको काम सरू भएको छ । अहिले बर्खा नलाग्दै पूर्वाधारको काम सक्ने र बर्खापछि कालोपत्र गर्ने गरी अहिले काम अगाडि बढेको छ”, अधिकारीले भन्नुभयो,“हामीले बाँकी कामको भुक्तानी समयमै दिने सुनिश्चितता गरेमा सम्झौता अवधिमै सबै काम सकिन्छ होला । त्यसमा हामी सहजीकरण गर्छौ ।”
बागलुङ क्षेत्र नं १ अन्तर्गत पर्ने बागलुङ बजार–सिगाना–चापाखर्क–शान्तिपुर जोड्ने सडकखण्डको वडा कार्यालय देखि गोखोलासम्मको भइरहेको हो । हालसम्म सडकको ४८ प्रतिशत भौतिक प्रगति भइसकेको छ । सो खण्डमा १० किमि कालोपत्रका लागि रु। २९ करोड ३७ लाख ८८ हजारमा १५ महिना अघि सम्झौता गरिएको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि सन्दिप श्रेष्ठले आफूहरूका कारणले नभई सरकारी निकायले समयमा भुक्तानी नदिँदा काममा ढिलाइ भए पनि अहिले काम धमाधम चलिरहेको बताए । “सडक डिभिजन कार्यालयले कार्य सम्पन्न भएको भुक्तानीको सुनिश्चिता र सबै पक्षबाट सहयोग भएमा अब सम्झौता अवधिभित्रै सडक कालोपत्र गरेर बुझाउँछौँ”, उनले भने। उनले सडकको बागलुङ नगरपालिका–३ बोक्सेदेखि वडा कार्यालयसम्मको आठ किमि सडक गत असारसम्म निर्माण गरिएको र अहिले वडा कार्यालयदेखि दुई किमि सडकमा कम भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार