नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १६:५१:५९
२६ वैशाख, काठमाडौं । विश्व रेडक्रस दिवसका अवसरमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा मूल समारोहको आयोजना गरी दिवस मनाइएको छ । सो अवसरमा नेपालमा पनि रेडक्रस अभियानअन्तर्गत अङ्गका प्रमुखहरूले संयुक्त रूपमा रेडक्रसको झन्डोत्तोलन गर्नका साथै ‘जँ हेनरी ड्युना’को तस्बिरमा माल्यार्पण गरेका थिए ।
सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ मा यो दिवस मनाइन्छ । यस वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष राधा नेपालीले यस वर्षको विश्व रेडक्रस दिवसको महत्वमाथि प्रकाश पार्दै मानवतालाई जीवित राख्न रेडक्रसले प्रदान गर्ने सेवाहरू मानवीय सेवाभावले ओतप्रोत हुनुपर्ने बताए । उनले सोसाइटीद्वारा सञ्चालित गतिविधिहरूमा मानवता झल्केको बताउँदै रेडक्रसको शिर उच्च राख्न रेडक्रसकर्मीहरू अहोरात्र लागिरहेको बताए ।
सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले आफ्नो स्थापनाकालदेखि नै मानवीय विपत्ति कम गर्न सरकारको सहयोगीका रूपमा क्रियाशील रहेको बताए । उनले मानवतामा देखिएका चुनौती कम गर्न सरकार र रेडक्रसलगायत संस्था एकीकृत रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए।
सोसाइटीका कोषाध्यक्ष वीरबहादुर बस्नेतले विश्व रेडक्रस दिवसका दिन रेडक्रसकर्मीहरूले आफ्ना कमीकमजोरीलाई सुधार गर्नाका साथै अभियानका सात सिद्धान्तको पालना गर्दै एकताबद्ध भई अगाडि बढ्न प्रण गर्नुपर्ने बताए ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख अजमत उल्लाले रेडक्रस अन्य गैरसरकारी संस्था (एनजिओ) भन्दा फरक रहेको बताउँदै यसले सात सिद्धान्तको पालना गर्दै विश्वव्यापी रूपमा सम्बन्धित देशको सरकारको सहयोगीका रूपमा सहयोग पु¥याइरहेको जानकारी दिए ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) नेपाल प्रमुख सन्देश श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले समुदायमा पहिलो उद्धारकर्ताका रूपमा पुर्याइरहेको सेवाको प्रशंसा गर्दै नेपालमा रेडक्रस कानुन बनाउनुपर्ने बताए । सरकारसँग समन्वय गरी कानुन बनाइनुपर्ने भन्दै यसका लागि सहकार्य र सहयोग गर्न आइसिआरसी प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
युवा रेडक्रस सर्कल ठैव ललितपुरकी सर्कल अध्यक्ष सिवानी थापामगरले मानवीय सेवा गर्दा खुसी प्राप्त हुने बताउँदै मानवीय पीडा कम गर्न र मानवतालाई जोगाई राख्न युवाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।
सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले दिवसको मूल समारोह कार्यक्रमको सञ्चालन गरेका थिए । सो अवसरमा रेडक्रस अन्तर्राष्ट्रिय महासङ्घअन्तर्गत हाल विश्वका एक सय ९१ राष्ट्रमा राष्ट्रिय सोसाइटी रहेको जनाउँदै उहाँले नेपाल रेडक्रस सोसाइटीमा नौ लाखभन्दा बढी सदस्य मानवीय सेवाका गतिविधिमा संलग्न रहेकोे बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू, प्रदेशका प्रतिनिधि, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ तथा अन्तर्राष्ट्रिय समितिका प्रतिनिधि र कर्मचारी, साझेदार राष्ट्रिय सोसाइटीका प्रतिनिधि, युवा स्वयंसेवक, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कर्मचारीलगायतको उपस्थिति थियो । आज केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रमा केन्द्रीय कार्यालयका कर्मचारीले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी ९नेरेसो० रेडक्रस अभियानको एक अभिन्न अङ्गका रूपमा विसं २०२० भादौ १९ गते स्थापना भएको थियो । हाल रेडक्रसका सातै प्रदेशमा प्रदेश कार्यालय, ७७ जिल्लामा जिल्ला शाखा कार्यालय, सबै स्थानीय तहमा गरी एक हजार छ सय १५ उपशाखा कार्यालय र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलहरू रहेका छन् । समुदायस्तरसम्म पैmलिएका यी साङ्गठनिक निकायहरूमा नौ लाख ३० हजार सदस्य तथा स्वयंसेवक आबद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार