खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार ९:५८:४५
२७ वैशाख, काठमाडौं । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोसी गाउँपालिका–५ स्थित महभीरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ्ग’ प्रतियोगिता हुने भएको छ ।
साहसिक खेल ‘रक क्लाइम्बिङ्ग’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सोलुखुम्बुको महभीरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ्ग’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता आयोजनाका लागि बुधबार काठमाडौँमा माप्य दूधकोसी गाउँपालिका र नेपाल आरोहण खेल सङ्घबीच सम्झौता भएको छ । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राई र सङ्घका अध्यक्ष हरि धरेलले हस्ताक्षर गरेका छन् ।
पर्यटन विकासको प्रचुर सम्भावना भएको माप्य दूधकोसीले गाउँपालिका भित्रको पर्यटन प्रबर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ्ग’ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए। उक्त प्रतियोगिताले माप्य दूधकोसीमात्र नभई सोलुखुम्बु जिल्लामा नै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए ।
नेपाल आरोहण खेल सङ्घका अध्यक्ष धरेलले खेल र पर्यटन विकासमा प्रतियोगिताबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा छ देशका अन्तर्राष्ट्रियस्तरका ‘क्लाइम्बर’ले भाग लिने उनले बताए । सङ्घले राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रहेर खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार