कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले पेश गरे दाबी
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार १२:३२:५६
२७ वैशाख, विराटनगर । एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले गएराती शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । विराटनगरमा एमाले र माओवादीले सरकार बनाउन दाबी पेस गरिरहँदा मुख्यमन्त्री केदार कार्की सर्वोच्चमा रिट दायर गर्ने तयारीमा छन् र उनी अहिले काठमाडौँ आइपुगेका छन् ।
मुख्यमन्त्री कार्कीले आफु संबिधानको धाराको १६८ को ५ अनुसारको मुख्यमन्त्री रहेकाले अब यस धारा अनुसार अर्को सरकार गठन हुन नसक्ने जिकिर गर्दै आएका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार