कालिजले बजार नपाउँदा व्यवसायी मारमा
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार १६:१६:४६
२७ वैशाख, कैलाली । कालिजले बजार नपाउँदा व्यवसायी मारमा पर्न थालेका छन् । बजार अभावले कालिज बिक्री हुन छाडेपछि व्यवसायी मारमा पर्न थालेका हुन् ।
कैलालीको गोदावरी नगरपालिका–४ मुरिभावरमा विगत चार वर्षदेखि व्यासायिक रूपमा कालिजपालन गर्दै आउनुभएका नारायणसिंह कठायलले बजार अभावका कारण कालिज बेच्न समस्या हुन थालेको गुनासो गरे ।
उनले भने, “रोजगारीको अवसर नुहँदा कालिजपालन व्यवसायमा लागियो । अब कालिज बिक्री नै हुन छाडे । कालिजले वर्षभरिमा खाएको चारोको पैसासमेत असुल गर्न समस्या हुन थालेको छ ।”
गोदावरी वाइड लाइफ एग्रो प्रालि नामक फार्म दर्ता गरेर व्यावसायिक रूपमा कालिजपालनमा लाग्नुभएका कठायतले पोखराबाट एक हजार पाँच सय चल्ला ल्याएर सुरु गरेको बताए । “सुरुमा पोखराबाट एकदिने चल्ला ल्याएर व्यवसाय सुरु गरेको हुँ । चल्लालाई रु १५ लाख परेको थियो । लगानी धेरै भइसक्यो । बिक्री फाट्टफुट्ट मात्रै हुन्छन्”, उनले भने ।
कालिज महँगो हुनुका साथै सानो बजार हुँदा बिक्रीमा समस्या हुन थालेको कठायतले बताए । “बजार पनि सानो भयो । वर्षमा मुस्किलले चारदेखि पाँच सय वटासम्म बिक्री हुन्छन्”, उनले भने, । उनका अनुसार अहिले फार्ममा आठ सय कालिज छन् ।
एक वर्ष नपुग्दासम्म कालिज खानयोग्य नहुने भन्दै पोथीलाई रु एक हजार पाँच सय र भालेलाई रु दुई हजारमा बिक्री गर्ने गरेको कठायतले जानकारी दिए । “अहिले लगानीमात्रै बढिरहेका छ । चार हजार कालिज पाल्न मिल्ने फार्म बनाएको छु । फार्ममा चल्ला उत्पादनसमेत हुन्छन्”, उनले भने, “चल्ला पनि खासै बिक्री हुँदैनन् । वर्षमा दुई–तीन सय जति चल्ला बिक्री हुन्छन् ।”
अहिले फार्ममा स्थानीय जातका कुखुरासमेत पालन गर्न सुरु गरेको कठायतले बताए । उनले भने, “फार्ममा धेरै कालिज पाल्न नसकिने अवस्था भयो । विगत तीन महिनादेखि चार सय स्थानीय जातका कुखुरापालन सुरु गरेको छु ।” व्यवसाय छाड्न पनि नसकिने काम गर्न पनि नसकिने अवस्था भएको उनको भनाइ छ ।
बजारमा कालिज खपत घटेसँगै व्यवसायीले व्यवसाय बढाउन नसकिरहेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा हेमराज अवस्थीले बताए। उनले भने, “जिल्लामा साना तथा ठूला गरी करिब २५ वटा कालिज फार्म सञ्चालनमा छन् । बिक्री कम हुने भएपछि धेरैजसो फार्मले माउ हुर्काउने, थप्ने गर्नुभएको छैन । खासमा बजारको समस्याले व्यावसायी मारमा परेका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार