संसदीय समिति नबनेसम्म सदन अवरुद्ध गर्ने कांग्रेसको निर्णय, आज रविलाई बोल्न दिइने
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार ११:१:४१
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने निर्णय गरेको छ । नयाँबानेश्वर स्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म सदनको काम कारबाही अघि बढ्न नदिने निर्णय गरेको सांसद अर्जुननरसिंह केसीले जानकारी दिए । बैठकले रवि लामिछानेलाई गृहमन्त्रीको रूपमा नभई एक दलको नेताको रूपमा बोल्न दिने पनि निर्णय गरेको उनले जानकारी दिए ।
आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज बोल्न दिने निर्णय भएको उनले बताए । यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नाम मुछिएपछि उनलाई संसदमा बोल्न दिन कांग्रेसले मानेको थिएन । तर, अब दलको नेताको रूपमा उनलाई सदनमा बोल्न दिने कांग्रेसले निर्णय गरेको हो । थप छलफलका लागि बैठक जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार