दलहरुबीच सहमति नभई सभामुखले सुरु गरे संसद बैठक
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार १६:५:२५
२८ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले कांग्रेसको मागमा सत्तापक्ष असहमत भएपछि सहमतिबिनै संसद् बैठक सुरु गरेका छन् । सभामुखले प्रमुख सचेतकहरूसँग राखेको बैठकमा सत्तापक्षले सहमति नदिएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।
प्रमुख सचेतकहरूले आआफ्ना शीर्ष नेतासँग छलफल गरेपछि शीर्ष नेताहरूले संसदीय समितिमा सहमति नगर्ने बताएपछि सभामुखले बिनासहमति बैठक सुरु गरेका हुन् ।
आजको बैठकमा शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूचीमा नेपाली कांग्रेसले असहमति जनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक अझै सुरू हुन सकेको छैन । संघीय संसद् सचिवालयका एक पदाधिकारीका अनुसार मध्याह्न साढे १२ बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समिति बैठक सुरु हुन नसकेको हो ।
सभामुख देवराज घिमिरे दलका प्रमुख सचेतकहरूसँग छलफलमा कांग्रेसले कार्यसूचीमाबारे असहमति राखेपछि सहमति नभएको हो । सचेतकहरूसँगको छलफलमा सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सत्ता पक्ष तयार नभएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक नै बस्न नसकेको हो ।
आज बस्ने तय भएको संसद बैठकका कार्यसूची तय गर्नुअघि सभामुख देवराज घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । सो छलफलमा कांग्रेस नेताहरुले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार