प्रतिनिधि सभाको बैठक स्थगित, अब जेठ १ गते बस्ने
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार १८:८:४१
२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका बैठक स्थगित गरेका हुन् । कांग्रेसले सहकारी बचत अपचलन प्रक्रियामा गृहमन्त्री रवि लामिछाने दोषी रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको छ ।
सत्ता पक्ष समिति गठनमा गम्भीर नभएकाले त्यसको असर सदनको बैठक सञ्चालनमा परेको छ । शुक्रबारबाट संसद्को बजेट अधिवेशन सुरू भएको थियो । अधिवेशनको पहिलो बैठकमा कांग्रेस महामन्त्री गगन थापा बोल्दै समिति नबनेसमम सदन चल्न नदिने बताएका थिए ।
त्यसपश्चात् सभामुख देवराज घिमिरेले सदनअघि बढाउन खोजेपछि कांग्रेसले वेल घेराउ गरेको थियो । १५ मिनेट सदन बैठक स्थगन गरेर समस्या समाधानको विन्दु खोजी भए पनि सफल हुन सकेन । समस्याकै बीच दोस्रो बैठक सन्चालन भएको थियो । त्यसमा पनि सदनको कामकारबाही अघि बढाउन सभामुख घिमिरेले खोजेपछि कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरेको थियो ।
नाराबाजीकै बीचमा सभामुख घिमिरेले गृहमन्त्री लामिछेनालाई बोल्न दिन खोजेका थिए । कांग्रेसले त्यसमा पनि विरोध गरेपछि सदन बैठक जेठ १ गते साँझ ६ बजे बस्नेगरी स्थगन गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार