रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
नेपालबहस संवाददाता
बैशाख २८, २०८१ शुक्रबार १९:५८:५७
२८ वैशाख, काठमाडौं । सहकारी ठगी प्रकरणलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच दोहोरी चलेको छ ।
बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् । उनले गगन थापालाई प्रमाण दिन चुनौती दिँदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताए ।
उनले संसदमा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाइलाई संसदबाटै जवाफ दिन खोजेको बताए ।
यता महामन्त्री थापाले सहकारी अनियमिततामा गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन् । उनले लामिछानेले दिएको सबै चुनौती स्वीकार गर्न तयार रहेको बताएका छन् ।
संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि ! गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस् ।’ गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरु प्रयोग गरेर जे(जे प्रमाण लुकाउनुपर्ने हो, लुकाइससकेको उनको दाबी छ । त्यसेले अब कांग्रेसले उनको राजीनामा पनि नमाग्ने भन्दै उनले भने, यति प्रमाण छ कि पुष्टि हुन्छ भन्ने विश्वास छ ।’
अब संसदीय समिति नबनेसम्म संसद नचल्ने थापाले बताए । साथै पेलेर जान खोजे यो विषय संसदमा मात्र सीमित नहुने भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘सडकमा आउँछ, त्यसअनुसार सामाना गर्न सरकारले तयार हुनुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार