ओली सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल : मोहनबिक्रम सिंह
इन्द्र रिजाल
बैशाख १२, २०७६ बिहिबार १९:०:५६
बुटवल । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल भएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा बिहिबार आयोजित साक्षात्कारमा उनले भने,” निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने भ्रष्टाचारीलाइ कारबाहि नगर्ने, राष्ट्रियता बिरुद्धमा नागरिकता बिधेयक ल्याउने कामले सरकार बारम्बार असफल असफल भएको छ ।
महामन्त्री सिंहले लोकतन्त्र, गणतन्त्रका बिषयमा सरकारको नीति स्पष्ट भएको बताए तर यो सरकार राष्ट्रियताको अडानले सत्तामा आएको स्मरण गर्दै अहिले राष्ट्रियता कहा हरायो ? भन्दै प्रश्न गरे । उनले भने—‘राष्ट्रियताको बिषयमा सरकारले ढुलमुलको नीति अवलम्वन गरेको छ ,नागरीकता बिधेयक र गृह मन्त्रालयको सर्कुलरले राष्ट्रियताको धज्जी उठाएको छ ।’
‘सरकार अपदस्थ गर्ने पक्षमा हामी छैनौ’
सरकार अपदस्थ बनाउने चर्चा चलिरहेको भन्दै उनले आफ्नो पार्टी त्यसमा सहमत नभएको बताए । नेपालको रााष्ट्रियता, सार्बभौमिकता र अखण्डतामा भारतीय बिस्तारबादबाट खतरा रहेको उनको दाबि छ ।
सरकार कमजोर बन्दा गणतन्त्र बिरोधी शक्तिहरु चलखेल गरिरहेको उनको दाबी छ । संघीयताले मुलुकलाई बलियो नभई कमजोर बनाउने भएकाले संघीयतासंगै प्रदेश सरकार खारेज गरी स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड छ ।
सरकारले भुमाफियालाइ कारबाहि गर्न नसके समृद्धि प्राप्त हुन नसक्ने बताउदै सरकारी जग्गा हडप्नेलाइ तत्काल कानुनी कारबाही गर्नुपर्ने उनको ठहर छ ।
सरकारले सिके राउतसंग ११ बुदे सहमति गर्नु सकारात्मक भएपनि जनमत संग्रह गरेर मुलुक बिभाजन गर्न नसकिने प्रष्ट पारे । गणतन्त्र र धर्मनिरपेक्षता कायमै रहनु पर्ने भन्दै सिंहले गणतन्त्रबादीहरु एक हुनुपर्ने बताए । बिप्लव नेकपामा माओवादीको अवषेश कायमै रहेकाले बिप्लवको एजेन्डा प्रष्ट हुनुपर्ने समेत बताए ।
रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा महामन्त्री सिंहले मसालले १ बर्षभित्रै महाधिबेशन गर्ने र फरकढंगले पार्टी अगाडी बढाउने समेत जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार