संसद अवरोधबारे छलफल गर्न सभामुखले बोलाए मन्त्रीसहित दलका नेताको बैठक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार ११:२६:२७
३० वैशाख, काठमाडौं । प्रतिनिधि सभामा देखिएको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले मन्त्रीसहित दलका प्रमुख सचेतक, सचेतक र दलका नेताको बैठक बोलाएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आइतबार दिउँसो २ बजे बस्ने गरी उनले बैठक बोलाएको घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका प्रमुख नेतालाई बोलाइएको छ । घिमिरेले संसद खुलाएर नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न मन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका हुन् ।
सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । समिति गठन नभएसम्म संसद बैठक चल्न नदिने अडानका कांग्रेस छ । सभामुखले यसअघि बोलाएका बैठकमा पनि समिति बनाउने बारे सहमति हुन सकेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार