सभामुखद्वारा विरोधको सूचना नआएको भन्दै राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता भएको घोषणा
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १३:४७:३२
८ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत भएको घोषणा गरेका छन् । राजनीतिक दलसम्बन्धी दोस्रो, संशोधन, २०८० फिर्ता लिने प्रस्ताव पेस गर्न गृहमन्त्री रवि लामिछानेलाई मर्यादापालकले रोष्ट्रमसम्म पुर्याएका थिए ।
उनले जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी गराए । प्रस्ताव पेस भएपछि सभामुख देवराज घिमिरेले विरोधका लागि समय दिएका थिए । वेलमा नाराबाजी गरिरहेका कांग्रेस सांसद रामहरि खतिवडाले आफ्नो विरोध रहेको बताए । तर, सभामुख घिमिरेले विरोधको सूचना प्राप्त नभएको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।
राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४०/४० प्रतिशत हुनुपर्ने व्यवस्था ब्यूँताउन उक्त विधेयक पेस गरिएको थियो । यो विधेयक फिर्ता लिन सरकारले संसद सचिवालयमा पत्र पठाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार