सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १९:२१:१३
८ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको आयोजनामा नेपाली सेनाका पेट्रोल पम्पमा काम गर्ने ३० जना कर्मचारीका लागि अग्नि सुरक्षा सम्बन्धी तालिम प्रदान गरिएको थियो । हिजो र आज गरी २ दिन चलेको तालिमको पहिलो दिन सैद्धान्तिक र दोस्रो दिन प्रयोगात्मक सिप सिकाइएको थियो ।
कार्यक्रममा सहायक रथी किरण के. सी. ले, अग्नि नियन्त्रणमा महानगरपालिकाले हासिल गरेको ज्ञान, सिप र अनुभवबाट नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरुलाई सम्भावित आगलागीको जोखिमबाट बचाउन मद्दत हुने धारणा राखे । कार्यक्रममा नगर प्रहरी उपरीक्षक विष्णु जोशीले, गैरप्राकृतिक विपत्तिबाट बचाउन मानवीय प्रयासले काम गर्ने बताए ।
तालिमका प्रशिक्षक नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईकाअनुसार अग्नि विज्ञान, घरेलु आगो र प्रतिकार्य, फायर इस्टिङ्ग्वीसरको चिनारी, यसलाई जडान गर्ने तथा प्रयोग गर्ने विधिका विषयमा सैद्धान्तिक ज्ञान दिइएको थियो । यस्तै तेलजन्य आगो नियन्त्रणमा व्ल्याङ्केटको प्रयोग गर्ने तरिका, एलपी ग्याँसमा लागेको आगो निभाउने ७ प्रकारका विधि, मिश्रित खालको आगो निभाउने तरिका, विपदसँग सम्बन्धित प्राविधिक शव्दावलीको प्रयोगात्मक अभ्यास गरिएको थियो ।
आगो सल्किएको माध्यम थाहा पाएपछि मात्र नियन्त्रणमा प्रयोग हुने बस्तु छनोट गर्न सकिने भएकोले आगो के मा लागेको छ, थाहा पाउनु पर्ने भट्टराईको सुझाव छ । आगो सल्किएको बस्तुसँगै आगोको मूल कहाँ हो, पत्ता लगाएर त्यहाँबाट नियन्त्रणको प्रयास थालनी गर्नुपर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार