प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १५:४५:१४
१० जेठ, विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमा बसिरहनु देश र प्रजातन्त्रका लागि घातक हुने बताएका छन् । उनले प्रधानमन्त्रीमा प्रचण्ड रहेसम्म देशमा उपद्रो काम मात्र भइरहने जिकिर गरेका छन् ।
जसपा मोरङ निर्वाचन क्षेत्र नम्बर ५ ले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्र माथि प्रहार गर्ने क्रममा सरकारले प्रेसमा हमला गरेको बताए । सहकारीको वचत रकम हिनामिना गरेको समाचार सार्वजनिक गरेका कारण सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको यादवले आरोप लगाए ।
प्रचण्डले राज्यको शक्ति र स्रोत दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको आरोप उनको छ । राज्य शक्तिको दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेको टिप्पणी गरेका छन् ।
उनले भने, ‘प्रधानमन्त्री आफैं भन्दै हुनुहुन्छ सरकार टिकाउनका लागि जसपालाई फुटाए, जे पनि गर्छु । प्रधानमन्त्रीले जे गरेर पनि सत्ता टिकाउने र राज्यको शक्ति र स्रोतलाई दुरुपयोग गरेर पार्टी फुटाउने कार्य भनेको लोकतन्त्रलाई सिध्याउने अभ्यास हो, लोकतन्त्रलाई सिध्याउने खेल राज्यबाट भइरहेको छ ।’
आफू देशमा नहुँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका व्यक्ति नै चोइटिएर गएको भन्दै यादवले यसमा राज्यशक्तिको दुरुपयोग भएको बताए । उपेन्द्र यादव अमेरिका रहेका बेला अशोक राई, राजेन्द्र श्रेष्ठसहितका नेताहरूले अर्को पार्टी गठन गरेका थिए । नेपालमा संसदीय व्यवस्था नै असफल भइसकेको बताउँदै यादवले अहिले संसदमा सरकारले मार्सल लगाइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमाजलाई अगाडि बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छः उपप्रधानमन्त्री सिंह
माघ १०, २०८१ बिहिबार
माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड
माघ १०, २०८१ बिहिबार
भीम रावलको पक्षमा लागेको आरोपमा अछामका ६ जना नेतामाथि एमालेले गर्यो कारबाही
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार
तालिवानका दुई शीर्ष नेताविरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी
माघ ११, २०८१ शुक्रबार