एकीकृत बस्ती निर्माण गर्नका लागि लालपुर्जा हस्तान्तरण
इन्द्र रिजाल
बैशाख १३, २०७६ शुक्रबार १२:२६:८
गलकोट । वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पु¥याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई एकीकृत बस्ती निर्माण गर्नका लागि बिहीबार लालपुर्जा हस्तान्तरण गरिएको छ ।
भूकम्पले क्षति पु¥याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले बस्ती नै भासिएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले चौथो भूकम्प स्मृति दिवसका अवसरमा पीडित दश परिवारलाई एकमुष्ट लालपुर्जा हस्तान्तरण गरेको हो ।
भूकम्पमा चिरा परेको स्थान छोडेर अन्यत्रै स्थानीयवासीको घरमा आश्रय लिएर बसेका दश दलित परिवारलाई घर निर्माणका लागि लालपुर्जा उपलब्ध गराइएको आयोजना प्रमुख इञ्जिनीयर रामाशीष साहले बताएका छन् ।
“भूर्गभ विभागको अध्ययनपछि बस्ती स्थानान्तरण गर नजीकै रहेको सुरक्षित जमीनमा एकीकृत घर निर्माणका लागि जग्गा खरीद गरी लालपुर्जा हस्तानतरण गरिएको छ”, शाहले भने, “डिपिआर विस्तृत अध्ययन प्रतिवेदन बनाइसकेपछि बस्ती निर्माणको कार्य अगाडि बढ्नेछ ।”
“भूकम्प गएको ४ वर्षसम्म अरूकै घरमा आश्रित छौँ”, पीडित चिन्ते दमैले भने, “लालपुर्जा हातमा आउँदा घर बन्ने आशा पलाएको छ ।” जग्गा खरीद गर्न प्रतिपरिवार रु दुई लाख, पूर्वाधार निर्माणका लागि रु चार लाख तथा नमूना बस्ती निर्माणका लागि तीन लाख गरी प्रतिपरिवार रु नौ लाख खर्च लाग्ने शाहले बताए ।
बस्तीमुनि तथा माथिबाट लोकमार्ग निर्माण भएको र भूकम्पले जमीन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूर्गभ विभागको निष्कर्षपछि बस्ती निर्माणको कार्यअगाडि बढेको वडाध्यक्ष शिव कँडेलले बताए ।
घर निर्माण गर्ने लालपुर्जा पाउँदा पीडित खुशी देखिन्थे । लालपुर्जा वितरण सङ्घीय सांसद डा सूर्य पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको एचपिभी खोप दिइने
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
बाहुबली निर्देशकको नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक
पुष २०, २०८१ शनिबार