किसानलाई अनुदानमा ट्रयाक्टर वितरण
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार ८:५९:१९
१८ जेठ, गण्डकी । कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ । मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो ।
हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लिपेवायनीद्वारा आयोजित एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द्र कास्कीले ५० प्रतिशत अनुदानमा सो वडाका सातजना किसानलाई बिहीबार ट्रयाक्टर वितरण गरिएको हो ।
एउटा ट्रयाक्टरको मूल्य रु ५६ हजार परेको जसमा किसानले रु २८ हजार र बाँकी ज्ञान केन्द्रको अनुदान रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णचन्द्र बरालले जानकारी दिए । सहकारीमार्फत अघिल्लो वर्ष भगवतीटार, ओझागाउँ र लिपेयानीका किसानलाई पाँचवटा ट्रयाक्टर वितरण गरिएको थियो ।
सहकारीले उत्पादन जोड दिँदै आएको अध्यक्ष बरालले बताए । खाद्य उत्पादन, मौसमी तथा बेमौसमी तरकारीखेती पशुपालनमा किसानलाई प्रेरित गर्दै आएको छ । कतिपय किसानले व्यावसायिक कृषिलाई आफ्नो जीविकोपार्जनको आधार बनाउँदै आएका छन् ।
कार्यक्रममा असिना, हुरीबतासजस्ता प्राकृतिक प्रकोपबाट तरकारी र फलफूल जोगाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट उपलव्ध गराइएको तीन थान एक सय ५० मिटर जाली पनि वितरण गरिएको थियो । जालीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
असोज २५, २०८१ शुक्रबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
असोज २६, २०८१ शनिबार
यो बर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिइने
असोज २६, २०८१ शनिबार
आज विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइदै
असोज २६, २०८१ शनिबार
महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित
असोज २६, २०८१ शनिबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
आज दशैंको टीका विथोल्ने किसिमको झरी नपर्ने
असोज २६, २०८१ शनिबार