दुबईबाट फर्केर तरकारीखेती
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार २१:१८:५६
१८ जेठ, देउखुरी (दाङ) । बारीभरि टमाटर, करेला र काँक्रो लटरम्म फलेका छन् । भर्खरै टिपेको तरकारी बजार लैजाने तयारीमा देखिन्छन् । यो दृश्य घोराही उपमहानगरपालिका–६ लखुवारका स्रष्टा आचार्यले गरेको व्यावसायिक तरकारी बारीको हो । उनले चार बिघा चार कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गरेका छन्। जग्गा भाडा मात्रै वार्षिक रु एक लाख २८ हजार तिर्छन् । उनले काँक्रा, बोडी, टमाटर, खरबुजा र घिरौलालगायत तरकारी लगाएका छन् । “उत्पादित तरकारी वैशाखदेखि बिक्री सुरु गरेका छौँ”, उनले भने, “अहिलेसम्म चार लाख आम्दानी भएको छ ।” व्यापारी घरमै आउने भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने झन्झट नभएको उनले बताए ।
वैदेशिक रोजगारीका क्रममा दुबईमा १३ वर्ष बिताएका स्रष्टाले फर्केपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचाइका साथ तरकारीखेतीमा लागेको बताए । दुबईमा ‘अप्रेसन कन्ट्रोलर’का रुपमा यातायातमा काम गरेको अनुभव उनीसँग छ । “उता पनि कमाई राम्रै थियो तर यतै काम गर्ने सोचले स्वरोजगार बन्न व्यावसायिक तरकारी खेतीमा लागेको हुँ”, उनले भने ।
तरकारी खेतीमा अहिलेसम्म १५ लाख लगानी भइसकेको उनको भनाइ छ । दुई जनालाई फार्ममै बस्ने व्यवस्था गरेका छन् । आवश्यकताअनुसार दैनिक छदेखि आठ जनालाई रोजगारी दिने गरेको उनले बताए । स्थानीय सरकारले विदेशबाट फर्केर कृषिमा लाग्ने युवालाई सहयोग गर्ने सुनेको तर आफूले त्यो अवसर नपाएको उनले बताए । सानो लगानीबाट आम्दानी गर्दै र त्यही आम्दानीलाई लगानीमा रुपान्तरण गरी बढाउँदै लैजाने उनको योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैंका लागि ७५ लाखको खसीबोका बिक्री
असोज २३, २०८१ बुधबार
डल्ले खुर्सानी बेचेर एक लाख आम्दानी
असोज २१, २०८१ सोमबार
मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढ्यो
असोज २१, २०८१ सोमबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउँदै
असोज २६, २०८१ शनिबार
टेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
दशैंले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : देउवा
असोज २६, २०८१ शनिबार
न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
असोज २६, २०८१ शनिबार
पोषणविद् भन्छन्:- दशैंभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
असोज २६, २०८१ शनिबार
राष्ट्रपतिले आज दिउँसोदेखि इच्छुक सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
असोज २६, २०८१ शनिबार