निःशुल्क स्वास्थ्य शिविरबाट ६५० जना लाभान्वित
नेपालबहस संवाददाता
जेठ २१, २०८१ सोमबार १५:२६:६
♦ सुरुची भण्डारी
२१ जेठ, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ सखुवाघाटमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरणमा ६ सय ५० सर्वसाधारण लाभान्वित भएका छन् ।
वडा कार्यालयको आर्थिक सहयोग र स्थानीय महिला विकास तथा सामुदायिक विकास केन्द्र महेन्द्रनगरको आयोजनामा शनिबार र आईतबार जेठ १९ र २० मा सञ्चालन गरेको विशेषज्ञसहितको स्वास्थ्य शिविरको पहिलो दिन ४ सयजना र दोस्रो दिन २ सय ५० सर्वसाधारणले स्वास्थ्य सेवा तथा निःशुल्क औषधिसमेत पाएका थिए ।
स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ बबिता चौधरी, बालरोग विशेषज्ञ उपेन्द्र यादव, दन्त रोग विशेषज्ञ नेहा साह, अर्थोपेडिक चिकित्सक जयन्त भगवान मिश्रागरी १० जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।
स्वास्थ्य शिविरमा २० वर्षदेखि ५५ वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, अर्थोपेडिक, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलले बताए । उनले जिल्लाको पूर्वी–उत्तरी क्षेत्रका स्थानीयको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुँच विस्तार गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविरको तयारी गरेको वडा अध्यक्ष खरेलले जानकारी दिए ।
निःशुल्क शिविरमा आफ्नै गाउँ ठाउँमै स्वास्थ्य परीक्षण गराउन पाएपछि स्थानीयहरू निकै प्रसन्न भएका थिए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को स्वास्थ्य शिविरमा आई पुगेकी ३८ बर्षिय उषा साफकोटाले गाँउमै स्वास्थ्य जाँच र निःशुल्क औषधी पाएकोमा खुशी हुँदै वडा अध्यक्ष र डाक्टरहरुलाई धन्यवाद दिइन । उनीजस्तै उपचार गराउन टाडासम्म जान नसक्नेहरुले गाउँघरमै यसरी संचालनलित शिविरबाट औषधी उपचार पाएपछि निकै प्रसन्नता व्यक्त गरे ।
शिविरमा धेरै प्रकारका रोगी आएपनि बालबालिका र महिलाहरू शिविरमा धेरै आएको स्त्री रोग विशेषज्ञ बबिता चौधरीले बताइन । शिविरमा सहभागीले उपचार मात्र नभएर आफ्नो स्वास्थ्यको बारेमा परामर्श समेत लिएका थिए । शिबिर सञ्चालन गर्नाले आफूलाई धेरै राहत भएको पसाहाका ७४ बर्षिया भिम लामाले खुसी त्यक्त गरे । उनले भने,‘हाडजोनीको डाक्टरबाट उपाचार पाए, केहीदिनबाट राम्रोसंग हिड्न समेत सकेको छैन । लौरोको सहारामा अलिअलि मात्र हिड्न सक्थो तर यहाँ अर्थोपेडिकसंग चाज गरेपछि रोग पहिचार भएर निःशुल्क औषधी समेत प्राप्त भयो ।’
रोग लागेर ग्रामीण स्तरमा आर्थिक अभावमा अस्पतालसम्म जान नसक्ने गरिब, बृद्ध, असाहयहरुको लागि निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो भने सर्वसाधारणको स्वास्थ्य उपचारलाई ध्यानमा राखी वडाले सुरु गरेको अभियान अन्तर्गत आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवाका लागि स्थानीय घन्टौं हिँडेर शिविर स्थल आइपुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रत्येक वर्ष बच्चाको आँखा जचाउन तिलगङ्गा आँखा प्रतिष्ठानको आग्रह
असोज २५, २०८१ शुक्रबार
सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी
असोज २०, २०८१ आइतबार
मन्त्रालयले भन्यो :- विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
असोज १९, २०८१ शनिबार
आज विजया दशमी, बिहान ११ बजेर ३६ मिनेटमा टिकाको उत्तम साइत
असोज २६, २०८१ शनिबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा
असोज २६, २०८१ शनिबार
इन्स्पेक्टर शाही निलम्बन प्रकरणमा एसपी थापामाथि पनि अनुसन्धान हुँदैछ ?
असोज २६, २०८१ शनिबार
करेन्ट लागेर दुई बालिकाको मृत्यु
असोज २६, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान
असोज २६, २०८१ शनिबार
अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु
असोज २६, २०८१ शनिबार
महानवमीका दिन सुनसानजस्तो देखिएको काठमाडौं उपत्यकाका सर्वसाधारणको चहलपहल बढ्यो
असोज २६, २०८१ शनिबार
कालिका मन्दिरमा चार लाख दर्शनार्थी
असोज २६, २०८१ शनिबार