नेपाली खेलाडीको मनोबल बढाउन स्टेडियम पुगौं : जनसम्पर्क सभापति विष्ट
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार ९:५१:३५
२२ वैशाख, टेक्सास। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत आज नेपालको पहिलो खेल हुने भएकाले खेलाडीको मनोबल बढाउन अमेरिकामा रहेका नेपालीहरूलाई स्टेडियमा उपस्थित हुन आग्रह गरेका छन्। नेपालले पहिलो खेल मंगलबार राति ९:१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ। नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ। 'उक्त प्रतिस्पर्धामा नेपाली खेलाडीको मनोबल बढाउन हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ। हामीले प्रदान गरेको हौसलाले खेलाडीहरूलाई जित्न बल पुग्ने सेतु हुनसक्छ। नेपाली खेलाडी सुपर ८ मा पुग्न सफल भएमा नेपालको शिर थप चुलिने छ। त्यसैले यहाँहरू सबैको गरिमामय सहभागिताका लागि विनम्र अनुरोध गर्दछु,' विष्टले एक अपिल जारी गर्दै भनेका छन्। १० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० विश्वकप मैदानमा उत्रिने भएको छ। यसअघि बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेको थियो। पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार