भारतीय निर्वाचन, यस्तो छ मत गणनाको पछिल्लो नतिजा
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १३:१०:२४
२२ जेठ, काठमाडौं । भारतमा मंगलबार बिहानदेखि लोक सभा चुनावको मतगणना भइरहेको छ । यो चुनावलाई लिएर नेपालमा पनि विभिन्न अड्कलबाजी भइरहेका छन् । तर, मतदान भइरहेको समयमा जसरी भातीय जनता पार्टीले बहुमत ल्याउने आंकलन गरिएको थियो । त्यो भने विपरित भएको छ । लोक सभाका ५४३ सिटमध्ये अहिलेसम्म एक क्षेत्रमा बिजेपी नेतृत्वको एनडिएले जित निकालेको छ ।
भारतीय निर्वाचन आयोगका अनुसार २८६ सिटमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको छ । कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २३४ सिटमा अघि छ । २४ सिटमा अरू दल अघि रहेका छन् । भारतीय समाचारमाध्यमहरुले यसपालि भारतीय जनता पार्टी एक्लैको बहुमत नपुग्ने बताइरहेका छन् । हालसम्म बिजेपी २४० सिटमा अघि छ ।
प्रारम्भिक नजिता अनुसार एनडीए २९३, आईएनडीआईए २०३ र अन्य ३६ स्थानमा अगाडि देखिएका छन् । भारतीय संसद्को तल्लो सदन लोकसभाको लागि ५४३ सदस्यको लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरू भएको हो । गणनासँगै मतपरिणामहरू पनि आउन थालेका छन् ।
भारतीय मिडियाका अनुसार हालसम्म केन्द्रमा सरकार बनाउन भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडीआईए) बीच प्रतिस्पर्धा देखिएको छ ।
मतगणना भएका स्थानमध्ये एनडीएका २९३ उमेदवार, इन्डिया गठबन्धन २०३ उमेदवार र अन्य ३६ उमेदवारले अग्रता बनाएका छन् । भारतमा अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौं भारतीय जनताले मतदान गरेका थिए ।
उत्तर प्रदेशमा ३९ स्थान एनडीए उमेदवार, ४० स्थानमा इन्डिया गठबन्धन र एक स्थानमा अन्य उमेदवारले अग्रता लिएका छन् । महराष्ट्रमा एनडीएका १८ उमेदवार, इन्डिया गठबन्धनका २९ उमेदवार र एक स्थानमा अन्य उमेदवारले अग्रता कायम गरेका छन् ।
पश्चिम बंगलामा एनडीएका १३ उमेदवार, इन्डिया गठबन्धनका १४ र अन्यका १५ उमेदवार अग्रता लिएका छन् । बिहारमा एनडीएका ३३ उमेदवार र इन्डिया गठबन्धनका सात उमेदवारले अग्रता लिइरहेका छन् । तमिलनाडुमा एनडीएका एक उमेदवार, इन्डिया गठबन्धनका ३७ र अन्य एक उमेदवारले अग्रता बनाइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार बिहानबाट सुरु भएको मतगणनामा भाजपाका २३८ उमेदवारले अग्रता कायम गरेका छन् । एक भाजपा उमेदवार विजयी भइसकेका छन् । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)का ९७ उमेदवारले मतगणना भइरहेका स्थानमा अग्रता लिइरहेका छन् ।
आयोगका अनुसार मंगलबार मध्यान्हसम्मको अवधिमा समाजवादी पार्टीका ३२, अल इन्डिया तृणमूल कांग्रेस (एआईटीसी)का २८, डीएमकेका २१, तेल्गु देशम (टीडीपी)का १६, जनता दल (युनाइटेड)का १४, शिव सेना (उद्धव बालासाहेव थाँक्रे)का १०, नेसनलिस्ट कंग्रेस पार्टीका आठ, कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई–एम)का ६, शिव सेना–एसएचएसका ६, राष्ट्रिय जनता दलका पाँच, लोक जनतान्त्रिक पार्टीका पाँच, वाईएसआरसीपीका चार र कम्युनिस्ट पार्टी अफ इन्डियाका तीन उमेदवारले अग्रता बनाइरहेका छन् ।
सुरुआती मतगणनामा दिल्लीका सबै सातै सिटमा भारतीय जनता पार्टी (भाजपा)का उमेदवार अगाडि छन् । भारतीय निर्वाचन आयोगका अनुसार, चाँदनी चोकमा भाजपाका प्रवीण खंडेलवालले कांग्रेसका जयप्रकाश अग्रवाललाइ पछि पारेका छन् । उक्त सिटमा खंडेलवालले तीन हजार ८९५ मतान्तरले अग्रता लिएका छन् ।
पूर्वी दिल्लीमा भाजापका हरीश मल्होत्रा १२ हजार २६३ मतान्तरले अगाडि छन् । उक्त सिटमा उनले आम आदमी पार्टीका उमेदवार कुलदीप कुमार मल्होत्रासँग प्रतिस्पर्धा गरेका छन् । नयाँ दिल्लीमा भाजपाका बांसुरी स्वराज आम आदमी पार्टीका सोमनाथ भारतीभन्दा अगाडि छन् । स्वराजले १८ हजार ४८० मतान्तरले अग्रता लिएका छन् ।
उत्तरपूर्वी दिल्लीमा भाजपाका मनोज तिवारीले कांग्रेसका उमेदवार कन्हैया कुमारलाई पछि पारेका छन् । तिवारीले हाल ४१ हजार ५७९ मतान्तरले अग्रता बनाएका छन् । उत्तर–पश्चिम दिल्लीमा भाजपाका योगेन्द्र चंदोलिया ६५ हजार ३४४ मतान्तरले अगाडि छन् । यहाँ कांग्रेसका तर्फबाट उदित राज उमेदवार छन् ।
दक्षिण दिल्लीमा भाजपाका रामवीर सिंह बिधुडी र आम आदमी पार्टीका साही रामबीच प्रतिस्पर्धा छ । हाल बिधुडी २० हजार २०६ मतान्तरले अगाडि छन् । पश्चिम दिल्लीमा भाजपाका कमलजीत सेहरावत आम आदमी पार्टीका महाबल मिश्राभन्दा अगाडि छन् । सेहरावतले ३८ हजार ३९७ मतान्तरले अग्रता लिएका छन् । बीबीसी हिन्दीबाट ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार