दिल्लीका सबै सीटमा भाजपाका उम्मेदवार अगाडि
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १३:५५:४८
२२ जेठ, काठमाडौं । भारतको लोकसभा निर्वाचनको सुरुआती मतगणनामा दिल्लीका सबै सातै सीटमा भारतीय जनता पार्टी (भाजपा)का उमेदवार अगाडि छन् । भारतीय निर्वाचन आयोगका अनुसार, चाँदनी चोकमा भाजपाका प्रवीण खंडेलवालले कांग्रेसका जयप्रकाश अग्रवाललाई पछि पारेका छन् ।
उक्त सिटमा खंडेलवालले तीन हजार ८९५ मतान्तरले अग्रता लिएका छन् । पूर्वी दिल्लीमा भाजपाका हरीश मल्होत्रा १२ हजार २६३ मतान्तरले अगाडि छन् । उक्त सिटमा उनले आम आदमी पार्टीका उमेदवार कुलदीप कुमार मल्होत्रासँग प्रतिस्पर्धा गरेका छन् ।
नयाँ दिल्लीमा भाजपाका बांसुरी स्वराज आम आदमी पार्टीका सोमनाथ भारतीभन्दा अगाडि छन् । स्वराजले १८ हजार ४८० मतान्तरले अग्रता लिएका छन् । उत्तरपूर्वी दिल्लीमा भाजपाका मनोज तिवारीले कांग्रेसका उमेदवार कन्हैया कुमारलाई पछि पारेका छन् । तिवारीले हाल ४१ हजार ५७९ मतान्तरले अग्रता बनाएका छन् ।
उत्तर–पश्चिम दिल्लीमा भाजपाका योगेन्द्र चंदोलिया ६५ हजार ३४४ मतान्तरले अगाडि छन् । यहाँ कांग्रेसका तर्फबाट उदित राज उमेदवार छन् । दक्षिण दिल्लीमा भाजपाका रामवीर सिंह बिधुडी र आम आदमी पार्टीका साही रामबीच प्रतिस्पर्धा छ । हाल बिधुडी २० हजार २०६ मतान्तरले अगाडि छन् ।
पश्चिम दिल्लीमा भाजपाका कमलजीत सेहरावत आम आदमी पार्टीका महाबल मिश्राभन्दा अगाडि छन् । सेहरावतले ३८ हजार ३९७ मतान्तरले अग्रता लिएका छन् । बीबीसी हिन्दी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार