खस्कियो भाजपा: सबैभन्दा धेरै ८० सीट बोकेको उत्तर प्रदेशमा मोदीलाई रातो झण्डा
नेपालबहस संवाददाता
जेठ २२, २०८१ मंगलबार १६:४३:१०
२२ जेठ, काठमाडौं । भारतीय लोकसभा निर्वाचन २०२४ को मतगणना सुरु भएको ६ घण्टाभन्दा बढी भइसकेको छ । मतगणनाको प्रारम्भिक नतिजाले केही स्पष्ट सन्देश दिइसकेको छ । अघिल्लो निर्वाचनमा स्पष्ट बहुमत ल्याएको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले यस पटक बहुमत नल्याउने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ ।
विपक्षी गठबन्धन बनाएको कांग्रेस १०० सिटमा अगाडि छ । अर्थात् भारतमा अब साँच्चैको गठबन्धन सरकार बन्नेछ । अहिलेसम्म हेर्दा एनडीए गठबन्धन बहुमत (२७२) भन्दा बढी सिटमा अगाडि रहेकाले मोदीकै नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना छ । तर एनडीए गठबन्धनमा रहेका चन्द्रबाबु नायडूको तेलगु देशम पार्टी १६ र नितिशकुमार नेतृत्वको जनता दल युनाइटेड १३ सिटमा अगाडि छन् । २२ सिटमा अरू दल छन् ।
भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार दिउँसो साढे २ बजेसम्मको अवधिमा ५४३ सदस्यको लागि भएको लोकसभा निर्वाचनमा भाजपाले २३९ स्थानमा अग्रता लिइरहेको छ । यीमध्ये दुई उमेदवार विजयी भइसकेका छन् ।
इन्डियन नेसनल कंग्रेस (आईएनसी)ले ९९ सिटमा अग्रता कायम राखेको छ । यीमध्ये एक स्थानमा कंग्रेसका उमेदवार विजयी भइसकेका छन् । यसअघि सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा भाजपाका ३०३ उमेदवार विजयी भएका थिए । कंग्रेसका ५२ उमेदवार विजयी बनेका थिए ।
सन् २०१९ को लोकसभा निर्वाचनमा भाजपा एक्लैले बहुमत ल्याएको थियो । अहिले ५४३ स्थानमा भएको निर्वाचनको हालसम्म भएको मतगणनामा भाजपा २३९ स्थानमा अघि रहेको छ । बहुमत ल्याउनको लागि कम्तीमा पनि २७२ स्थानमा जित निकाल्नु पर्छ, जुन यस पटक भाजपालाई मुस्किल देखिन्छ । निर्वाचनको परिणामले यसपटक भारतमा भाजपाको अवस्था खस्केको देखाउँछ ।
भारतको लोकसभामा सबैभन्दा धेरै ८० सीट बोकेको उत्तर प्रदेशलाई भाजपाले आफ्नो दुई तिहाई बहुमतको मुख्य आधार बनाएको थियो यसपटक । किनकी यहाँ उसले रामलाई फर्काएको थियो ।
तर, मतगणनाको शुरूदेखि नै उत्तर प्रदेशले मोदी र योगलाई रातो झण्डा देखायो । यसअघि मोदीलाई २ पटक प्रधानमन्त्री बनाउन ८० मध्ये ७० भन्दा माथिको योगदान गरेको उत्तर प्रदेशले यसपटक राम मन्दिर बनाएपछि भाजपालाई आश्रय समेत दिएन ।
गठबन्धनको बलमा मोदी तेस्रोपटक प्रधानमन्त्री बने पनि उत्तर प्रदेशबाट भने उनले विगतमा पाएको भन्दा आधा सीट पनि पाएनन् । यो आफैंमा हिन्दूवादी भाजपालाई ठूलो झड्का हो ।
यतिसम्मकी भगवान श्रीरामको जन्मस्थल अयोध्यामै भाजपा उम्मेदवार पछि परेका छन् । अयोध्या समेटिएको फैजावाद निर्वाचन क्षेत्रमा भाजपाका उम्मेदवार लल्लु सिंह समाजवादीका अवधेश प्रसादभन्दा धेरै मतले पछि परेका छन् ।
दुईपटकसम्म प्रचण्ड बहुमतले उत्तर प्रदेशमा चुनाव जितेर मुख्यमन्त्री बनेका योगी आदित्यनाथलाई मोदीपछि भाजपाको उत्तराधिकारी र भारतको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको थियो । राम मन्दिरको जससमेत मिल्ने अनुमानविपरीत भाजपाको लज्जास्पद प्रदर्शनले योगीको राजनीतिक भविष्यमा पनि प्रश्न उठाएको छ ।
कांग्रेस नेता राहुल गान्धी र समाजवादीका अध्यक्ष अखिलेश यादवको जोडीलाई उत्तर प्रदेशका हिन्दू र मुस्लिम दुवै समुदायले अनुमोदन गरेका छन् । मुस्लिम जनसंख्या धेरै रहेका सबै क्षेत्रमा समाजवादी र कांग्रेसले ५० हजार भन्दा माथिको अग्रता लिएका छन् भने हिन्दु वहुल क्षेत्रमा पनि भाजपाको अपेक्षित प्रदर्शन देखिएको छैन ।भारतमा अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौँ भारतीय जनताले मतदान गरेका थिए ।
मतगणनाको प्रारम्भिक मतगणनाअनुसार केन्द्रमा सरकार बनाउन भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडीआईए) बीच प्रतिस्पर्धा देखिएको छ । एक्लै बहुमत ल्याउन नसक्ने अवस्था रहेको भाजपाले नेतृत्व गरेको गठबन्धन एनडीएले भने बहुमत ल्याउने देखिन्छ ।
सरकार बनाउन कम्तीमा पनि २७२ सदस्य आवश्यक पर्छ । भाजपालाई अब सरकार बनाउन जनता दल (युनाइटेड)– जेडी (यू) र तेलुगु देसम (टीडीपी) आवश्यक पर्छ । टीडीपीले १६ र जेडी (यू)ले १४ स्थानमा अग्रता लिइरहेको छ । निर्वाचनको प्रारम्भिक नतिजाले हालसम्म केन्द्रमा सरकार बनाउन भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडीआईए) बीच प्रतिस्पर्धा देखिएको छ ।
मतगणना भएका स्थानमध्ये एनडीएका २९६ उमेदवार, इन्डिया गठबन्धनका २२९ उमेदवार र अन्यका १८ उमेदवारले अग्रता बनाएका छन् । मतगणना भएका स्थानमध्ये एनडीएका २९० उमेदवार, इन्डिया गठबन्धनका २३४ उमेदवार र अन्य १९ उमेदवारले अग्रता बनाएका छन् । सन् २०१९ मा सम्पन्न लोकसभा निर्वाचनमा एनडीएका ३५२, इन्डिया गठबन्धनका ९४ र अन्यका ९७ जना उमेदवार विजयी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार