डोटीमा जीप दुर्घटनाः २ जनाको मृत्यु, ७ जना घाइते
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार १०:५२:१
२३ जेठ, धनगढी । डोटीमा जीप दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु भएको छ । दार्चुलाबाट धनगढीतर्फ आइरहेको जीप बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना भएको हो ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जीप दुर्घटनामा घाइते भएकी दार्चुलाको लेकम गाउँपालिका–६ का हरिश पार्कीकी २ वर्षीया छोरी रितिकाको निसर्ग हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकका बुवा पार्की र आमा भावना ओड पार्की पनि घाइते छन् ।
दुर्घटनामा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–५ का १९ वर्षीय बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका– ६ बस्ने ४५ वर्षीय जगतसिंह धामी, डिलासैनी गाउँपालिका– ६ का १७ वर्षीय अर्जुन लुहार, डिलासैनी– ३ कि २२ वर्षीया रमिता ओड र मालिकार्जुन गाउँपालिका –४ बस्ने ७४ वर्षीया मानमति धामी पनि घाइते छन् ।
दुर्घटनामा परेर जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घटनास्थलमै मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार