विश्वासघात र ठगी आरोपमा सिद्धार्थ बैंकका प्रबन्धक विरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
जेठ २३, २०८१ बुधबार ११:५१:४३
२३ जेठ, जनकपुरधाम । आफ्नै साथीसँग विश्वासघात र ठगी गरेको आरोपमा सिद्धार्थ बैंक जनकपुर शाखाका प्रबन्धक अजयकुमार यादवसहित तीन जना उपर मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर २ बस्ने राजीव यादवले सिद्धार्थ बैंकका प्रबन्धक अजयकुमार यावद, उनका बुवा विश्वनाथ यादव र उनका सालो सबैला नगरपालिका वडा नम्बर ९ बस्ने अभिनन्दन यादवमाथि विश्वासघात, ठगीसहित अनुचित लेनदेन गरेको भन्दै निवेदन दिएका थिए।
महोत्तरीको बर्दिबासमा संचालनमा रहेको जय बाबा ठाकुर वासिंग सेन्टरका संचालक समेत रहेका वादी राजीव यादवसँग विश्वनाथ यादव, अजय कुमार यादव र अभिनन्दन यादवले साझेदारीमा काम गर्ने भनेर विश्वासमा लिएका थिए । वासिंग सेन्टरमा बैंक प्रबन्धक अजय यादवले करिब १४ लाख रुपैयाँ जति लगानी गरेका थिए ।
विश्वासको आधारमा चल्दै आएको सो वासिंग सेन्टरमै राजीवले खाली चेकमा हस्ताक्षर गरेर राख्दै आएको निवेदनमा उल्लेख छ। कुनै बेला आफू नभएको अवस्थामा काम लाग्ने भनेर बैंक प्रबन्धक अजय यादव कहाँ समेत उनले चेक छाडदै आएको दावी गरेका छन्। तर प्रबन्धक अजयको मनमा लोभ जागेपछि उनले सोही चेकहरू कब्जामा लिएर आफ्नै साझेदार राजीवलाई ब्ल्याकमेलिङ गरेपछि मनमुटाव शुरु भएको बताइएको छ । त्यसपछि अजयले आफ्नो साालो अभिनन्द कुमार यादवको नाममा आफू खुशी चेक भरेर दिएको ब्यहोरा मुद्दामा उल्लेख छ ।
अजयले विश्वासमा पारेर विश्वासघात गरेको आरोपसहित उनीमाथि आपराधिक विश्वासघात, ठगी तथा अनुचित लेनदेनमा मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको दर्ता नम्बर ६२७ मा सो मुद्दा दर्ता गरी भरपाई गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार