समयभित्र महशुल नतिरेपछि चौधरी समूहको सीजी कम्युनिकेशनको लाइसेन्स खारेज
नेपालबहस संवाददाता
जेठ २४, २०८१ बिहिबार ११:१८:१९
२४ जेठ, काठमाडौं । तोकिएको समयभित्र महसुल नतिरेपछि चौधरी समूह अन्तर्गतको सीजी कम्युनिकेशनको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ । लामो समयदेखि यो कम्युनिकेशन शुल्क विवादमा थियो । सीजीले तोकिएको अवधिभित्र शुल्कसहित नवीकरणका लागि निवेदन नदिएपछि लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सीजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम प्रालि) ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स लिएको थियो । तर, उसले लामो समय लिंगरिङ गर्दै आएको र तोकिएको अवधिमा निवेदन नदिएकाले खारेज भएको हो । समयभित्र निवेदन नदिएपछि दूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वतः खारेज हुने व्यवस्था छ ।
२०८० सालको मंसिर महिनादेखि नै सीजीको लाइसेन्स खारेज भएको भएपनि प्राधिकरणले भने यो विषय हालै मात्र सार्वजनिक गरेर जानकारी दिएको हो । तत्कालीन समयमा एसटीएम टेलिकमले ग्रामीण क्षेत्रमा मोबाइल सेवा दिने उद्देश्यले लाइसेन्स लिएको थियो । तर, सीजीले यसका लागि पूर्वाधार नै निर्माण गरेको थिएन । सीजीले लाइसेन्स लिएको २० वर्ष कटिसकेको प्राधिकरणले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार