जनप्रतिनिधिमा अझै पञ्चायती धङधङी छ : पृथ्वीसुब्बा गुरुङ
नेपालबहस संवाददाता
जेठ २४, २०८१ बिहिबार २२:१०:१२
२४ जेठ, लमजुङ । नेकपा (एमाले) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वी सुब्बा गुरुङले देशमा गणतन्त्र आए पनि स्थानीय जनप्रतिनिधिमा अझै गणतन्त्र आउन नसकेको टिप्पणी गरेका छन् । आज बेँसीसहरमा आयोजित लमजुङ दर्पण दैनिकको ११ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता गुरुङले जनप्रतिनिधिमा अझै पञ्चायती कार्यशैलीको धङधङी रहेको बताएका छन् ।
“उहाँहरू आफू सरकार भएको दाबी गर्छन् तर व्यवहार सरकारको जस्तो छैन”, उनले भने, “सङ्घीयताको अवधारणाअनुसार स्थानीय सरकारले काम गर्न सकेनन् ।” उनले स्थानीय सरकारलाई विपद् कोष बनाउन र गरेका कामको प्रचारप्रसार गर्न सुझाव दिएको बताए ।
उनले स्थानीय सरकारले प्रोफाइल तयार पार्ने, डकुमेन्ट्री बनाउने, सचेतनाका कार्यक्रम गर्नेलगायतका काम मिडियासँग मिलेर गर्न सकिने बताए । यसले मिडियाको संरक्षण र स्थानीय सरकारको प्रचार दुवै काम हुने उनको धारणा छ ।
“स्थानीय सरकारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै अभ्यास गर्ने गरी व्यवस्था मिलाइएको छ । अध्यक्ष र उपाध्यक्षका छुट्टाछुट्टै अधिकार र दायित्वहरु छन् । वडाध्यक्ष र कार्यपालिका सदस्य एउटै भूमिकाका हुन्”, उनले भने, “कार्यपालिकामा अध्यक्ष वा मेयर प्रधानमन्त्री जस्तो हुन्छ भने व्यवस्थापिकामा सभामुख जस्तो । बजेट आउनुभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्यो । नीति तथा कार्यक्रम अघि बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुनुपर्यो । स्थानीय सरकारले यसको पालना नै गर्दैनन् ।”
उनले स्थानीय सरकारलाई सरकार जस्तो बनाउन मिडियाले भूमिका पनि भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारसँगै रैथाने बालीको परिकारमा जोड दिनुपर्ने बताए । देशमा पर्यटन आगमनको सङ्ख्या बढाउन पोखरालगायत अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।
गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमालले लमजुङ पर्यटनको दृष्टिले सम्भावनायुक्त रहेको बताए । उनले यस क्षेत्रका सबैखाले पर्यटनको विकास र प्रवर्द्धनमा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार