करापुटार–डढुवा खण्डमा ५० प्रतिशत स्तरोन्नति सम्पन्न
नेपालबहस संवाददाता
जेठ २५, २०८१ शुक्रबार १३:४०:४७
२५ जेठ, लमजुङ । जिल्लाको करापुटार–डढुवा–साल्मे–भञ्जाङ खण्डअन्तर्गत करापुटार–डढुवा सडकको ५० प्रतिशत स्तरोन्नति सम्पन्न भएको छ । उक्त खण्डमा आरसिसी ढलान प्रविधिको प्रयोग गरी सडक स्तरोन्नति गरिएको हो ।
मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस खण्डअन्तर्गत मध्यनेपाल–७ करापुटारबाट वडा नं ८ डढुवासम्मको नौ किलोमिटरमध्ये हालसम्म चार किमी ढलान सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।
कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार थप सडक ढलान, फराकिलो बनाउने, नाली बनाउने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । नौ किमी ढलान गर्नुपर्ने उक्त खण्डमा जङ्गल पर्ने भएकाले जङ्गल भएको क्षेत्रमा सडकको चौडाइ चार मिटर हुने जनाउँदै अन्य क्षेत्रमा पाँच मिटर ढलान भइरहेको उहाँले जानकारी दिए । ढलानको मोटाइ २० सेन्टिमिटर राखिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
अधिकांश क्षेत्रमा ढाँचा ९स्टक्चर०को काम सम्पन्न भइसकेको कार्यालय प्रमुख सिग्देलको भनाइ छ । उनका अनुसार गण्डकी प्रदेश सरकारको रु ३१ करोड २३ लाख ३० हजार दुई सय ६९ लागतमा सडक स्तरोन्नति भइरहेको छ । रसुवा जयदम्बा जेभी धादिङले विसं २०७८ असोज १३ गते निर्मााण सम्झौता गरेको थियो ।
विसं २०८१ असोज १३ गतेभित्रमा सडक स्तरोन्नति सम्पन्न गरिसक्नुपर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख एवं इन्जिनियर सिग्देलले बताए । निर्धारित समयभन्दा केही महिना म्याद थप गर्नुपर्ने सम्भावना देखिएको उनको भनाइ छ ।
सिक्देलका अनुसार आगामी कात्तिक÷मङ्सिरसम्म यस खण्डको ढलान कार्य सम्पन्न हुनेछ । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत रहेको यस सडक जिल्लाको मेरुदण्डको रुपमा हेरिएको छ ।
करापुटार–डढुवा–साल्मे–भञ्ज्याङ–मालिङ–कपुरगाउँ हुँदै लमजुङ सदरमुकाम बेँसीसहर जोडिने यस सडक जिल्लाको रिङरोडका रुपमा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो खण्ड करापुटारस्थित मध्यपहाडी लोकमार्गमा जोडिने छ । सडक सम्पन्न भएपश्चात् क्व्होलासोथर र मध्यनेपालको सडक सञ्जाल गण्डकी प्रदेशको राजधानी पोखरासँग जोडिने छ ।
करापुटार–डढुवा–साल्मे–भञ्ज्याङ खण्डअन्तर्गत डढुवाबाट साल्मेसम्मको सात किमी स्तरोन्नति भइरहेको छ । विसं २०७६ फागुन ७ गते सम्झौता चई विसंं २०७८ फागुन ६ गतेसम्म सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा सम्पन्न नभएपछि आगामी असारसम्मका लागि म्यद थप गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
हालसम्म उक्त खण्डको ९२ प्रतिशत वित्तीय प्रगति रहेको छ । ग्राभेल, स्टक्चरको काम सम्पन्न भएको छ । एक सय मिटर नाली निर्माण गर्न बाँकी रहेको जनाइएको छ । पर्खाल उठाउने र डेन लिटर पोष्ट राख्ने काम तीव्र गतिमा भइरहेको कार्यालय प्रमुख सिक्देलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरोले क्षति पुर्याएको वीपी राजमार्ग कहिले बन्ला ?
माघ ५, २०८१ शनिबार
सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध
माघ ४, २०८१ शुक्रबार
कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
पुरानो मिसिल सर्वोच्चबाट रुपन्देही नपुगेपछि रवि र छबिसहितका आरोपीको मुद्दा दर्ता भएन
माघ ४, २०८१ शुक्रबार
सात प्रतिपक्षी दल छेउमा राखेर प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजिनामा
माघ ४, २०८१ शुक्रबार
चितवनमा रविसहित १४ जनालाई प्रतिवादी बनाउन माग, ३८ करोड ९ लाख बराबर बिगो दावी
माघ ४, २०८१ शुक्रबार
गाजामा युद्ध बिराम आइतबारबाट लागु हुने
माघ ५, २०८१ शनिबार
युद्ध विराम अनुमोदन गराउन नेतान्याहुलाई लाग्यो ६ घन्टा !
माघ ५, २०८१ शनिबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
नेपालले दियो बंगलादेशलाइ ५२ रनको झिनो लक्ष्य
माघ ५, २०८१ शनिबार
दुराडाँडामा २ दिने शिक्षक बिकास तालिम कार्यक्रम सम्पन्न
माघ ५, २०८१ शनिबार
चिसोले सर्लाहीको जनजीवन कष्टकर
माघ ५, २०८१ शनिबार