शैक्षिक सामग्रीको अभाव झेल्दै मुक्त कम्लरी
इन्द्र रिजाल
बैशाख १३, २०७६ शुक्रबार १९:३२:१५
भीमदत्तनगर । कञ्चनपुर बेलौरी नगरपालिकाकी २० वर्षीया पार्वती चौधरी स्थानीय साहुको घरमा करीब चार वर्ष कम्लरी बसिन,घाँटीको क्यान्सरबाट आमा रामधनिया चौधरीको मृत्यु भएपछि उनी साहुको घरमा कम्लरी बस्न बाध्य भइन् ।
सात वर्षअघि कम्लरी बसेको थाहा पाएपछि उनलाई विभिन्न निकायको सहयोगमा उद्धार ग¥यो । कञ्चनपुर भीमदत्तनगरपालिका–१२ ऐरीस्थित पूर्ण माविको छात्रावासमा बस्दै आएकी चौधरी अहिले कक्षा ११ मा अध्ययनरत छिन् ।
‘भारतमा मजदूरी गर्न गएका बुबाआमा बितेको चार वर्षसम्म नआएपछि म कम्लरी बस्न गएको थिएँ’ उनले भने, “त्यो रहर नभइ बाध्यता थियो ।” कम्लरीबाटमुक्त भएका किशोरीलाई सरकारले अध्ययनका लागि छात्रवृतिस्वरुप मासिक रु चार हजार उपलब्ध गराउने गरेको भए पनि पार्वतीको हातमा भने मासिक रु पाँच सय मात्रै पर्छ ।
विद्यालय व्यवस्थापनले पार्वती जस्तै मुक्तकम्लरी बस्दै आएको छात्रावासबाट प्रतिव्यक्ति मासिक रु तीन हजार पाँच सय व्यवस्थापन खर्चवापत लिने गरेका छन् । ‘सरकारले दिएको रकमले अध्ययन गर्नै नसकिने अवस्था भयो’, पार्वतीले भनिन “महीनाको पाँच सयले त विद्यालयको ड्रेस धुन सावुन किन्न पनि पुग्दैन ।”
कक्षा १० सम्म अध्ययनसँगै शैक्षिक सामग्री स्कुलबाट निःशुल्क उपलब्ध गराइँदै आएको छ । प्रवीणता तह अध्ययन गर्ने मुक्तकम्लरी विद्यार्थी हाल शैक्षिक सामग्रीको अभाव झेल्दै आएका छन् ।
‘कापी, किताब मिल्ने भनेको १० कक्षासम्म मात्रै हो’, छात्रावासमा बस्दै आएकी बन्दना चौधरीले भनिन, “महङ्गीले हामीलाई त अध्ययनमा समस्या भएको छ ।” उनले फाटफुट रुपमा विभिन्न दात्री निकायबाट सहयोग पाइरहेको बताए । स्वास्थ्य उपचारमा पनि कम्लरी विद्यार्थी समस्यामा रहने गरेका छन् ।
‘पढेर रोजगारी मिल्ने त धेरै टाढाको कुरो भइसक्यो’, उनले भने, “सरकारले कम्लरीका लागि रोजगारीमा प्राथमिकता दिनुप¥यो ।” वर्षसम्म काठमाडौँमा काम गरेकी बन्दना कक्षा–७ मा अध्ययनरत छिन् । ‘लत्ताकपडा र शैक्षिक सामग्रीका लागि स्थानीय तहले पनि पहल गरिदिएको छैन ।” उनले भनिन, “पढेर के गर्ने थाहा नै छैन ।”
मुक्त कम्लरीले आफूहरुलाई सीपमूलक तालीम तथा प्रशिक्षण दिनुपर्ने माग गरेका छन् । त्यसैगरी छात्रावासमा रहेकी भीमदत्तनगरपालिका–२ की सीमा चौधरीले विद्यालय प्रशासनबाट ठूलो सहयोग मिलेको बताइन् ।
‘घरमा पनि आर्थिक समस्या विकराल बनेर आफन्तकैमा कम्लरी बसे’, उनले भनिन, “अहिले पनि फेरि अवस्था उस्तै आउने चिन्ता लाग्छ ।” छात्रावासमा आश्रय लिइरहेका सबै किशोरी थारु समुदायका हुन् ।
यता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा भने कम्लरीबाटमुक्त भएका २०१ किशोरी सहकारीमा आवद्ध छन् । मुक्तकम्लरी विकास मञ्चलाई सहयोग गर्दै आएको नेपाल युथ फाण्डेशन नेपालका परियोजना सहायक चन्द्र कुँवरले सहकारीलाई सहयोग भइरहेको बताए ।
मञ्चकै सहयोगमा विसं २०६७ मा मुक्तकम्लरी बचत तथा ऋण सहकारी संस्था स्थापना भएको हो । कञ्चनपुरमा मुक्तकमैयाका सात वटा सहकारीमा ३९४ आवद्ध छन् ।
सहकारीबाट ऋण लिएर व्यवसाय गर्नुका साथै संस्थामार्फत व्यवसाय तथा सीपमूलक तालीम दिइँदै आएको नेपाल युथ फाण्डेशन नेपाल परियोजना सहायक कुँवरले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको एचपिभी खोप दिइने
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार