स्वास्थ्य मन्त्रालयले ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ राष्ट्रिय सम्मेलन गर्दै
नेपालबहस संवाददाता
जेठ २८, २०८१ सोमबार २१:२०:३३
२८ जेठ,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा आधारित ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ को राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । मन्त्रालयको लैङ्गिक समानता तथा सामाजीकरण समावेशी शाखाका प्रमुख रोशनीदेवी कार्कीले आगामी भदौ महिनामा सम्मेलन गर्ने तयारी गरिएको र त्यसबारे आज सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको बताइन् ।
सम्मेलनमा सरकारी अधिकारी, घरेलु हिंसासम्बन्धी काम गर्ने गैरसरकारी संस्था, लैङ्गिक हिंसामा परेका व्यक्ति गरी करिब तीन सय जनाको सहभागी हुने कार्कीले जानकारी दिइन् । “मुलुक सङ्घीयता गइसकेपछि पनि लैङ्गिक हिंसा व्यवस्थापन सङ्घले नै गर्नुपर्छ भन्ने बुझाइ छ । यो सम्मेलनमार्फत अब लैङ्गिक हिंसा व्यवस्थापन सङ्घको मात्र नभई प्रदेश र विशेष गरी स्थानीय तहको हो भन्नेबारेमा साझा बुझाइ बनाउन सघाउ पुग्ने छ”, उनले भनिन् ।
केन्द्रमा आर्थिक वर्ष २०८०/८१ मा १० हजार पाँच सय ३३ लैङ्गिक हिंसामा परेकाको व्यक्तिको उपचार गरिएको तथ्याङ्क छ । तीमध्ये पाँच सय ७१ पुरुषले रहेका छन् । यसैगरी केन्द्रमा बलात्कारपीडित एक हजार सात सय ५४ जना, यौनहिंसा पीडित एक हजार दुई सय ९६ र शारीरिक हिंसा दुई हजार आठ सय ९७ जना र जवरजस्ती विवाहबाट पीडित चार सय ९४ जना रहेका छन् ।
मन्त्रालयले केन्द्रबाट प्रदान गर्ने सेवा प्रभावकारिता बारे जानकारी दिन सम्मेलन आयोजन लागेको हो । घरेलु हिंसामा परेका व्यक्तिको उपचारका लागि देशभरका ९४ अस्पतालमा केन्द्र स्थापना गरिएका छन् । केन्द्रले लैङ्गिक हिंसामा परेका बिरामीलाई स्वास्थ्य तथा चिकित्सकीय कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, सुरक्षा, सुरक्षित आवास गृह तथा पुनःस्थापना, शिक्षा तथा सशक्तीकरण र घरायसी पुनः मिलन गराउने लगायतका कार्य गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार