बन्दुक किन्दा झूटो बयान दिएको आरोपमा बाइडेनका छोरा दोषी ठहर
नेपालबहस संवाददाता
जेठ ३०, २०८१ बुधबार १०:४:३६
३० जेठ, अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई तीनवटै आरोपमा दोषी ठहर गरिएको छ । १२ सदस्यीय निर्णायक मण्डलले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाएका छन् ।
जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा २५ वर्षसम्मको जेल सजाय हुन सक्छ । तर, पहिलो पटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिइँदैन ।एक सातासम्म चलेको यस मुद्दामा प्रत्यक्षदर्शीहरूको बयान सुनेपछि निर्णायकले ५४ वर्षीय हन्टर बाइडेनको लागूऔषधको लतबारे पनि छलफल गरेको थियो ।
हन्टर विरुद्ध झुटा बयान दिएको र अवैध थुनामा राखेको एउटा अभियोग लगाइए पनि उनले अपराध स्वीकार भने गरेका छैनन् । उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला हन्टरलाई यस उच्चस्तरीय सुनुवाइमा दोषी ठहर गरिएको हो । मुद्दाको सुनुवाइका क्रममा राष्ट्रपति बाइडेनकी पत्नी र हन्टर बाइडेनकी सौतेनी आमा अमेरिकी प्रथम महिला जिल बाइडेन पनि उपस्थित भएकी थिइन् ।
त्यस्तै हन्टर बाइडेन लागूपदार्थको प्रभावमा रहेको बेला अवैध बन्दुक राखेको अभियोगमा दोषी ठहर भएका छन् । अब यो मुद्दामा उनलाई जेल पनि जानुपर्ने हुनसक्छ । उनी दोषी ठहर भएका तीनवटा आरोपमा अधिकतम तीस वर्षको सजाय हुनसक्ने व्यवस्था छ, तर विज्ञहरूले बाइडेनलाई जेल पठाएमा उनलाई छोटो अवधिको लागि पठाइने विश्वास गरिएको छ ।
अमेरिकामा बन्दुक किन्दा झूटो बयान दिएमा दश वर्षसम्म जेल सजाय हुन सक्छ । त्यसैगरी लागूऔषध दुर्व्यसनी भएको व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा दश वर्षसम्मको सजाय हुने व्यवस्था छ । बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ । यदि हन्टर बाइडेनलाई यी तीनवटा आरोपमा अधिकतम सजाय दिइयो भने, उसले २५ वर्षसम्मको जेल सजाय भोग्न सक्ने बताइएको छ ।
हन्टर बिडेनले सन् २०१८ मा डेलावेयरको बन्दुक पसलबाट रिभल्भर किनेका थिए, जसलाई उनले ११ दिनसम्म आफूसँग राखेका थिए । अमेरिकामा बन्दुक किन्न लागूऔषधको लतबारे जानकारी दिनु अनिवार्य छ । हन्टर बाइडेनलाई उनले बन्दुक किन्दा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार