न्यूजील्याण्डलाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार १०:२२:३५
३१ जेठ, काठमाडौं । वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । बिहिबार बिहान सम्पन्न समूह सी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेसँगै विश्वकपको सुपर आठमा पुगेको हो ।
वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछाएको न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन मात्र बनाएको थियो । न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्वाधिक ४० रन बनाए भने फिन एलेनले २६ तथा मिचेल सान्टनरले अविजित २१ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर अल्जारी जोसेपले ४ र गुडाकेश मोतिले ३ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि शेरफान रुथरवूडले सर्वाधिक ६८ रन बनाएका थिए । त्यसैगरी न्यूजील्याण्डका बलर ट्रेन्ट बोल्टले ३ तथा टिम साउथी र लुकी फर्गुसनले २-२ विकेट लिएका थिए ।
यो जितपछि वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर ६ अंक सहित समूह सी बाट सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै न्युजिल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ र सुपर आठको यात्रा संकटमा परेको छ । यस समूहमा अफगानिस्तानले २ खेलमा दुवै जित हासिल गरेर ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ ।
अब अफगानिस्तानले शुक्रबार पिएनजीविरुद्धको खेलमा जित हासिल गरेमा सुपर आठमा पुग्ने छ भने न्यूजील्याण्ड सुपर आठको दौडबाट बाहिरिने छ । न्युजिल्याण्डले अब तेस्रो खेल शनिबार युगान्डासँग खेल्ने छ । त्यस्तै वेस्ट इन्डिजले भने जुन १८ मा अफगानिस्तानसँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार