फोहर नउठाएको भन्दै स्थानीय युवाहरुले नगरपालिकाको मूलगेटमा थुपारे फोहोर
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार २१:०:५०
३२ जेठ, रौतहट । रौतहटको चर्चित कटहरिया बजार क्षेत्रको फोहर उठाउन विरोध स्वरूप स्थानीय युवाहरूले कटहरिया नगरपालिका भवनको मूल गेटमा फोहोर थुपारेर विरोध जनाएका छन् ।कटहरिया बजार क्षेत्रको फोहर नउठेको भन्दै आक्रोशित युवाहरूको समूहले शुक्रवार दिउँसो नगरपालिकाको मूल गेटमा एक ट्याक्टर फोहर फालेर विरोध जनाएका हुन् ।
नगर प्रमुख अजय प्रकाश जयसवालले नगरको सरसफाइमा ध्यान नदिएको भन्दै स्थानीय युवाहरूले गुनासो गर्दै आएका थिए । फोहर फाले लगत्तै मेयर जैसवालको आव्हानमा युवा समूह, स्थानीय व्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी जनप्रतिनिधिहरू लगायत सर्वपक्षिय आकस्मिक बैठक बसेको थियो ।
बैठकमा मेयर जैसवालले प्राविधिक कारण बस पछिल्लो तीन दिन देखि बजार क्षेत्रको फोहर उठ्न नसकेकोमा गल्ती स्वीकार गरेका थिए । बैठकमा मेयर जयसवाल र स्थानीय बीच २ बुँदे मौखिक सहमती भएको छ। बजार क्षेत्रको फोहर दैनिक उठाउने र बजार क्षेत्रको बाटोमा बिहान बेलुकी पानी पटाउने सहमती भएको छ ।
सहमति लगत्तै अपरान्ह मूल गेटमा थुपारिएको फोहर व्यवस्थापन गरिएको छ। मेयर जयसवालले आउँदा दिनमा त्यस्तो कमी कमजोरी नहुने प्रतिवद्धता जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
खोटेहाङले शुरू गर्यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार