पहिलो पटक दक्षिण अफ्रिकासँग भिड्न लागेको नेपाल 'गर या मर'को अवस्थामा !
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार २२:३३:४२
३२ जेठ, काठमाडौं। आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले दक्षिण अफ्रिकासँग खेल्दै छ । खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार, बिहान ०५ः१५ बजे सुरु हुनेछ । नेपाल र दक्षिण अफ्रिकासहित समूह ‘डी’ मा बङ्गलादेश, नेदरल्यान्ड्स र श्रीलङ्का पनि रहेका छन् । यो खेलमा नेपाल ‘गर या मर’ को स्थितिमा छ ।
प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुग्ने सम्भावना जीवित राख्न यो खेलमा नेपालले दक्षिण अफ्रिकासँग जित्नै पर्नेछ । नेपालका लागि दक्षिण अफ्रिका बलियो प्रतिद्वन्द्वी हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दक्षिण अफ्रिका सातौँ स्थानमा छ । नेपाल भने वरीयताको १७ औँ स्थानमा छ ।
समूह ‘डी’ मा नेपाल बाहेक अन्य टोलीले तीन–तीन खेल खेलिसकेका छन् । नेपालले भने आफ्नो तेस्रो खेल खेल्न लागेको हो । तीन खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिका पहिलो र समान खेलबाट चार अङ्क जोड्दै बङ्गलादेश दोस्रो स्थानमा छन् ।
यसैगरी तीन खेलबाट दुई अङ्क बटुलेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ । दुई खेलबाट एक अङ्क जोडेको नेपाल चौथो स्थानमा छ । तीन खेलबाट एक अङ्क जोडेको श्रीलङ्का पाँचौँ स्थानमा छ । श्रीलङ्का भने उपाधि होडबाट बाहिरिइसकेको छ ।
दक्षिण अफ्रिका यसअघि नै प्रतियोगिताको ‘सुपर–८’ चरणमा पुगिसकेको छ । नेपालले भने सुपर–८ मा पुग्ने सम्भावना जीवित राख्न बाँकी दुवै खेल जित्नैपर्ने हुन्छ । नेपालले अन्तिम खेल बङ्गलादेशसँग खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार