दक्षिण अफ्रीकासँग १ रनले हार्यो नेपाल
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार ९:९:४९
१ असार, काठमाडौं । नेपाल दक्षिण अफ्रीकासँग एक रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो । नेपालका लागि ओपनर असिफ शेखले सर्वाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिङ गर्दै २४ बलमा २७ रन बनाएका थिए ।
त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शून्यमा आउट भएका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ६ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका बलर तबरेज शाम्शीले ४ तथा कप्तान एडेन मार्क्रम र एनरिक नोकियाले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्वाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह एरीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । दिपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए ।
यो हारसँगै नेपालको सुपर आठको सम्भावना सकिएको छ । अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्धको खेल्दै छ भने दक्षिण अफ्रिकाको समूह चरणको खेल सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
११ बजेअघि नै ३२ प्रतिशत मत खस्यो : आयोग
मंसिर १६, २०८१ आइतबार