महाभारतका किसानलाई अनुदानमा कफीको बिरुवा
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार १३:४७:२८
६ असार, धुलिखेल । किसानको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि महाभारत गाउँपालिकाले यहाँका किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ । महाभारत गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष २०८०-८१ मा पालिकाका विभिन्न वडामा गरी ९० हजार बिरुवा वितरण गरेको थियो ।
कृषि शाखाको आयोजनामा कफी उत्पादन हुने वडामा सम्बन्धित वडा अध्यक्षको उपस्थितिमा किसानलाई बिरुवा वितरण गरेको कृषि शाखा प्रमुख खिम डाँगीले जानकारी दिए । “महाभारत गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाको वडा नं १, २, ५, ६, ७ र ८ मा कफीको बिरुवा वितरण भइरहेको छ ” उनले भने, “कफी उत्पदान गर्ने किसानले सम्बन्धित वडामा सम्पर्क गरी बिरुवा लिन सक्नुहुनेछ ।” महाभारत गाउँपालिकाको अनुदानमा पालिकाको वडा नं ५ मा मात्रै पाँच हजार कफीको बिरुवा वितरण गरेको छ ।
यहाँका किसानले एउटा घरबाट मात्रै कफी खेतीबाट वार्षिक पाँचदेखि दश लाखसम्मको बिक्री गर्दै आएको वडा नं ५ का सुवास जिम्बाले बताए । खेती राम्रो हुने र बजारीकरणको समस्या नहुने भएकाले पछिल्लो समयमा किसान कफी खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ । महाभारतका किसानका लागि आम्दानीको स्रोत कफीखेती भएकाले विगतका वर्षदेखि नै बिरुवा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
महाभारत क्षेत्रमा कफीको राम्रो उत्पादन हुने र अहिलेसम्ममा परम्परागत रुपमा मकै, कोदो लगायतका खेती गर्दै आएका यहाँका किसानको मुख्य आम्दानीको स्रोत कफीमा देखिएकाले बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाएको उनले बताए । गत आर्थिक वर्ष २०७९-८० मा मात्रै एक लाख कफीको बिरुवा वितरण गरेको उनले बताए।
महाभारतका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । यहाँका किसानले कफी उत्पादनलाई जोड दिएपछि बागमती प्रदेश सरकारद्वारा एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१-८२ का लागि प्रमदेशर पालिकाको साझेदारीमा कार्यान्वनय गर्ने गरी महाभारत गाउँपालिका–५ लाई कफी उत्पादनको लागि छनोट गरेको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालयबाट समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तरगत महाभारत –५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादन वडाको रुपमा छनोट गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
खोटेहाङले शुरू गर्यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार