भ्रष्टाचार मुद्दा दर्ता हुने भएपछि हाजिर गरेर कार्यालयबाट बाहिरिए मुख्यसचिव अर्याल
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार १४:६:८
९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिकर छपाई प्रकरणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेपछि मुख्यसचिव डा. बैकुण्ठ अर्याल हाजिर गरेर बाहिरिएका छन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कार्यकक्षबाट बाहिरिएका हुन् ।
अख्तियारले मुद्दा दायर गर्ने भएपछि मुख्यसचिव अर्याल हाजिर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट बाहिरिएको स्रोतले बतायो । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध आज आइतबार भ्रष्टाचार मुद्दा दायर गर्दैछ । सञ्चार मन्त्रालय मातहतको सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजश्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो ।
सेन्टरले आह्वान गरेको अन्तःशुल्क स्टिकर छपाइको ठेक्का २०७९ मंसिर २६ मा प्रिन्ट सेल प्रालिले पाएको थियो । ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर प्रति थान ८९ पैसाका दरमा छाप्ने गरी प्रिन्ट सेल र केन्द्रबीच सम्झौता भएको थियो । त्यसअनुसार सम्झौता भएको स्टिकर छपाइको लागत ३८ करोड ५५ लाख ४८ हजार रुपैयाँ हुन आउँछ । जबकि त्यसअघि यस्तै स्टिकर प्रति थान अधिकतम २५ पैसासम्म पर्थ्यो । प्रति थान २५ पैसाले हिसाब गर्दा ती स्टिकरको लागत १० करोड ८३ लाख मात्र पर्ने देखिन्छ । तर त्योभन्दा ४ गुणा बढी लागतमा ठेक्का सम्झौता कायम गरिएको छ ।
प्रिन्ट सेलले स्टिकरको कागज र मसी मात्र खरिद गर्ने सम्झौता भएको थियो । बाँकी छपाइको काम सेन्टरबाटै हुने भनिएको सम्झौतामा ‘अस्वाभाविक मूल्य’ कायम गरेर प्रिन्ट सेललाई ठेक्का दिइएको थियो । अग्रिम भुक्तानी बापत ५ करोड रुपैयाँ पेस्की दिइएको थियो । त्यसबेला सञ्चार सचिवमा हालका मुख्यसचिव अर्याल र सेन्टरको कार्यकारी निर्देशक विकल पौडेल थिए । सुरक्षण मुद्रण विकास समिति अध्यक्ष सञ्चार सचिव रहने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार
मानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित
कात्तिक २४, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार