महाधिवेशन नगरे पद छोडेर घर जान भ्रातृ संस्थालाई महामन्त्री थापाको आग्रह
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार १८:३२:५९
११ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन गर्न र नगरे पद छोडेर घर जान आग्रह गरेका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले गत माघमा सम्पन्न महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने अवधि तोकेको स्मरण गराए । महासङ्घको प्रथम महाधिवेशनले सबै भ्रातृ संस्थालाई महाधिवेशन गर्न सन्देश दिएको उनको भनाइ थियो ।
महासङ्घले गुट, उपगुटबाट मुक्त भएर महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र नसके स्वस्थ रुपमा लोकतान्त्रिक अभ्यास गर्नुपर्नेमा जोड दिए । असारभित्र पार्टी केन्द्रीय समितिको बैठक बसी महासमितिका प्रतिवेदन टुङ्ग्याउने र विधान संशोधनको काम अघि बढ्ने महामन्त्री थापाले बताए ।
“यो संसद्को बाँकी अवधि कांग्रेसले सत्तातिर हेर्नुहुँदैन, पार्टी निर्माणमा लाग्नुपर्छ, २०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लागौँ, एक सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एक सय क्षेत्र जित्ने गरी लागौँ”, उनले भने ।
पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानले तोकेको अवधि विसं २०८२ मै कांग्रेसको महाधिवेशन हुने बताउँदै त्यसैको तयारीका रुपमा भ्रातृ संस्थाको महाधिवेशन सुरु भएको जानकारी दिए । जनजाति समुदायले ब्रिटिश गोरखा रेजिमेन्टमा गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले जिबी याक्थुम्बाले विसं २००७ मा प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको स्मरण गरे ।
जनजाति समुदायबाट कांग्रेसमा प्रतिनिधित्व गर्ने सर्वोच्च नेता गणेशमान सिंहले प्रधानमन्त्रीको पद छोडेको, नेता भीमबहादुर तामाङले अप्ठ्यारो अवस्थामा ‘द्वन्द्व मेटिने, पहिचान भेटिने’ नाराका साथ योगदान गरेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार