नेता व्यवस्थापन गर्न नेकपा एसले पदाधिकारीसहित थप्यो वरिष्ठ उपाध्यक्ष पद, केन्द्रीय सदस्य २९९
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १७:५४:३०
१३ असार, काठमाडौं । महाधिवेशनको तयारीमा जुटेको एकीकृत समाजवादीले पदाधिकारी र वरिष्ठ उपाध्यक्ष पद थप्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले महाधिवेशनको हलबाट अनुमोदन गर्ने गरी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाएको हो ।
केन्द्रीय परिषदले १९९ सदस्यीय केन्द्रीय कमिटी र १९ सदस्यीय पदाधिकारी रहने विधान पास गरेको थियो । तर अब केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको हो ।
यसअघि १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको थियो । पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको छ भने वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ । केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गरिएको छ । पार्टीमा एक अध्यक्ष र एक महासचिव रहने व्यवस्था छ । आवश्यकताअनुसार वरिष्ठ नेताको पद सिर्जना गरिनेछ ।
यता, सम्मानित नेता झलनाथ खनालले पार्टीको भावी नेतृत्वमा आफ्नो नाममा सहमति हुने दाबी गरेका छन् । सचिवालय बैठकबाट बाहिरिने क्रममा आफ्नो नाममा सहमति हुन नपर्ने कुनै कारण नभएको बताएका छन् । अध्यक्षबाट ब्याक भएर घनश्याम भुसाललाई सघाउने हिजोको भेटमा सहमति भएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले आफ्नो दावी कायमै रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
आइतबार ५ अंकले बढेर २५९१ मा बन्द भयो नप्से, ४ अर्ब ८६ करोडका शेयर खरिदबिक्री
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार