प्रधानमन्त्री ओलीको निर्देशनपछि खुल्लामञ्चमा डोजर : कांग्रेस नेता भीमसेनदास
इन्द्र रिजाल
बैशाख १४, २०७६ आइतबार १:१४:६
काठमाडौं । नेपाली काग्रेसका नेता भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि खुल्लामञ्चमा डोजर लगाईएको स्पष्ट पारेका छन् ।
खुल्लामञ्च बचाउ अभियान्ताहरुले शनिबार काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले खुल्लामञ्चमा अवैध पसल टहरा निर्माण भएपछि चौतर्फी दवाव आएका कारण प्रधानमन्त्रीले नै अवैध टहरा हटाउन निर्देशन दिएको बताए ।
उनले काठमाडौं महानगरपालीकामा मेयर उपमेयरको द्धन्दका कारण कुनै समस्या समाधान नहुने देखिएपछि आफुहरुले यस बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र प्रधानमन्त्रीले सकारात्मक कदम चालेको समेत बताए ।
प्रधानले नगरपालीले आफसंग भएको अधिकार प्रयोग गर्न नसकेको आरोप पनि लगाए । उनले महानगरको मिलोमतो कै कारण खुल्लामञ्च अतिक्रमित भइरहेको भन्दै यसमा संलग्न जोकोहिलाई पनि कारवाही हुनुपर्ने धारणा राखे ।
त्यस्तै प्रदेश नं ३ का सांसद बिराज भक्त श्रेष्ठले सार्वजनिक सम्पतीको संरक्षणका लागी दलिय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । उनले हरेक नेपालीमा मुलुकको अपनत्व हुने महशुस सरकारले गराउनुपर्ने तर्क गरे ।
पत्रकार सम्मेलनमा स्थानीयहरुले सरकारी सम्पतीलाई आखा लगाउने माफियालाई जनताको माझ ल्याउनुपर्ने भन्दै अव स्थानीय तह र जनता जागरुप हुनुपर्ने बेला आएको धारणा राखेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार