प्रितम श्रेष्ठको 'मायालु'मा दीपिका र मुकुन्दको रोमान्स
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार १२:३०:३१
१६ असार, काठमाडौं । गीतकार प्रितम श्रेष्ठले आफ्नो नयाँ म्युजिक भिडियो 'मायालु' सार्वजनिक गरेका छन्। 'मायालु' गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ, जसमा गायन र संगीत एआईबाट तयार गरिएको हो। तर, सम्पूर्ण प्राविधिक अवधारणा प्रितम श्रेष्ठले दिएका हुन्।
म्युजिक भिडियोमा दिपिका थापा र मुकुन्द भट्टको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। महेश महराले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। प्रविन थापाको निर्देशनमा तयार पारिएको भिडियोलाई गीतकार श्रेष्ठको युट्युब च्यानल प्रितम श्रेष्ठ मार्फत सार्वजनिक गरिएको हो।
यसअघि गीतकार श्रेष्ठले आफ्नो पहिलो म्युजिक भिडियो 'तिमी हिँड्ने गल्लि' ल्याएका थिए, जसको शब्द लेखन प्रितम श्रेष्ठ आफैले गरेका थिए भने संगीत तथा गायन गजल गायक थानेश्वर गौतमले गरेका थिए।
हाल गीतकार श्रेष्ठ सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बस्दै आएका छन्। उनी सानै उमेरदेखि नेपाली गजल र गीत लेखनमा लागेका थिए। नेपालबाट टाढा भए पनि उनले नेपाली गजल र गीत लेखनलाई निरन्तरता दिइरहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार