असार १५, किसानले धानेको कांग्रेसको राजनीति
यज्ञप्रसाद भट्टराई
असार १६, २०८१ आइतबार १८:११:४९
१६ असार, झापा । नेपाल किसान महासंघले असार १५ गतेको अवसर पारेर देशैभरी राष्ट्रिय धान दिवस मनाएको छ । २१ बर्ष अगाडि आजकै दिन अर्थात असार १५ लाई नेपाली किसानहरुको हौसला र कृषि क्षेत्रलाई प्रोत्साहन र कृषिलाई राष्ट्रिय रुपमा सम्मानित पेशाका रुपमा बिश्वसामु चिनाउन राष्ट्रिय धान दिवश मनाउने सरकारले अभियान शुरुवात गरेको थियो । यहि अभियानलाई नेपालमा किसानका पक्षमा काम गर्ने सामाजिक संघसंस्थादेखि, राजनीतिक दलका भातृसंस्थाहरु, राजनीतिक दलहरु सहित देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायतले असार १५ गते हिलोमा पसेरै रोपाई गरेर राष्ट्रिय धान दिवश मनाउने गरिएको देखिन्छ ।
मानो रोपेर मुरी उव्जाउने यो महिना नेपाली किसानका लागि अत्यन्तै महत्त्वपूर्ण महिनाका रुपमा लिईन्छ । यसबर्ष समयमै मनसुन शुरुवात भएका कारण अधिकांश स्थानमा रोपाई भैरहेकोमा नेपाल किसान महासंघले खुसी ब्यक्त गरिरहेको र नेपाली किसानहरुको अनुहारमा खुसी देख्दा आफुलाई अत्यन्तै धेरै आनन्द महशुष भैरहेको नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताएका छन् ।
कोशी प्रदेशका प्राय सवै १४ वटै जिल्लामा आज रोपाई गरेर राष्ट्रिय धान दिवश मनाईएका समाचारहरु प्राप्त भैरहेका छन् । यसमा पनि धानको भण्डारको रुपमा चिनिएका झापा, मोरङ्ग र सुनसरी जिल्लामा भब्य रुपमा राष्ट्रिय धान दिवश मनाईएको नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशब भट्टराईले बताएका छन् ।
यसै क्रममा माहामानब वीपी कोइराला र शिखर पुरुष लोकनायक गिरिजा प्रसाद कोइरालाको कर्मथलो, निर्वाचनमा उठने इतिहास बोकेको सुनसरी जिल्लामा आज असार १५ गते २१ ओै राष्ट्रिय धान दिवश मनाइएको छ । असार १५ गतेको अवसर पारेर नेपाल किसान माहासंघ सुनसरी जिल्ला समितिले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ ख मा र देवानगन्ज गाउँ पालिका वार्ड नम्बर ६ मा नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति श्री केदार भण्डारी ज्यु को प्रमुख अतिथ्यता मा २१ औ रास्ट्रीय धान दिवस भब्यता पुर्बक मनाइएको महासंका सुनसरी जिल्ला अध्यक्ष रामबृक्ष मेहताले बताएका छन् ।
सुनसरी जिल्लामा भएको राष्ट्रिय धान दिवशको आजको कार्यक्रममा उदघाटन शत्रमा बोल्दै नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य केशब भट्टराईले कृषिको आधुनिकिकरणका नाममा परम्परागत कृषि प्रणाली र कृषि उपजलाई बिस्थापन हुन दिन नहुने धारणा राखेका थिए । नेता भट्टराईले किसान महासंघले सिङ्गो नेपाली कांग्रेसको राजनीति थामिरहेको तर किसान महासंघ नै सधैं पार्टीवाट उपेक्षित हुनु पर्ने अवस्थाप्रति गुनासो समेत पोखेका थिए ।
कार्यक्रममा बिशिस्ट अतिथी पुर्ब मन्त्री श्री सिताराम मेहेताले नेपालको बिकास कृषिको ब्यवसायीकरणमा मात्रै संभव हुने बताउदै हिमाल, पहाड र तराईमा उत्पादन हुने कृषि उपजको भण्डारण र कृषि उद्योगको स्थापनाबाट नेपाललाई बिकासको बाटोमा अगाडि बढाउन अब ढिलो गर्न नहुने बताएका थिए ।
नेपाली कांग्रेस कोशी प्रदेशका सदस्य तथा नेपाल किसान माहा संघ का केन्द्रिय सद्स्य श्री केशब प्रसाद भट्टराई ,नेपाली कांग्रेस सुनसरी जिल्ला सचिब प्रभाबसाली युवा नेता माधब घिसिङ, अर्का सचिब बिरेन्द्र शाहा ,नेपाली कांग्रेस सुनसरी जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सभापति श्री लीलामणि सुवेदी, नेपाल किसान माहासंघका सुनसरी जिल्ला सभापति श्री रामबृक्ष मेहेता, जिल्ला सचिब श्री गेहेन्द्र चन्द्र ढुङेल, सह सचिब श्री रमेश अधिकारी, गाउपालिका उपाध्यक्ष श्री बिभा कुमारी यादब , देवानगन्ज पालिकाका पार्टी सभापती श्री गजधर यादब लगायत नेता हरु ले कार्यक्रम मा उपस्थित भै धान दिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
दहि चिउरा आँप लगायत किसानका स्थानीय उत्पादन खाएर साथै नेपाली पञ्चैवाजा सहित मनाईएको राष्ट्रिय धान दिवश सुनसरी जिल्ला क्षेत्र नम्बर २ ख का सभापति श्री बिद्या नन्द मेहेताको अध्यक्षतामा धुमधामसग भब्यता पुर्बक बाजागाजा सहित स्थानीय नृत्य समेत प्रस्तुत गरेर मनाईएको किसान महासंघ सुनरीले जनाएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपड्रागन फल खेतीबाट मनग्य आम्दानी गर्दै गणेश
असार १८, २०८१ मंगलबार
अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती
असार १८, २०८१ मंगलबार
मेचीनगरलाई तोरीमा आत्मनिर्भर बनाउन किसानलाई २७ लाख अनुदान
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला
असार १८, २०८१ मंगलबार
उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु
असार १८, २०८१ मंगलबार
गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : सभापति देउवा
असार १८, २०८१ मंगलबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विधेयक प्रमाणीकरण
असार १८, २०८१ मंगलबार
कांग्रेस-एमाले गठबन्धनको पक्षमा उभिए राप्रपा र लोसपा
असार १८, २०८१ मंगलबार
नक्कली शरणार्थी प्रकरणः प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
असार १८, २०८१ मंगलबार