भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार २१:२:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/ropai1_mQkVwYOyh0_DSkGMMFOqY.jpg)
१६ असार, काठमाडौं । सधै कक्षाकोठामा देखिने भक्तपुरको एउटा स्कुलका विद्यार्थी आइतबार फरक भूमिकामा देखिए । भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेस्ट इंगलिश स्कुलका विद्यार्थी नियमितको पढाई छाडेर रोपाईमा व्यस्त भएका हुन् । स्कुलको कक्षा कक्षा ४ का एक सय ९ जना छात्रछात्रा धान रोपाईमा सहभागी भएका हुन् ।
उनीहरुले स्कुल नजिकैको स्कुलकै ४ आनाको क्षेत्रफलमा फैलिएको खेतमा रोपाई गरेका हुन् । ट्यांकरबाट ल्याइएको पानीबाट उनीहरुले शिक्षकशिक्षिका तथा अन्य कामदारहरुको सहयोगमा धान रोपेका थिए । रोपाईमा सहभागी विद्यार्थीहरुले सधै कक्षाकोठामा मात्रै बसेर पढ्दै आएकोमा आइतबार अलि फरक रुपमा धान रोप्न पाएकोमा खुशी साटे । कक्षाकोठामा मात्रै बसेर होइन कि फिल्डमा पनि पुगेर सिक्ने मौका पाएकोमा असाध्यै खुशी लागेको छौ, उनीहरुले भने ।
प्रयोगात्मक अभ्यासले खेती गर्ने किसानको दुःख वुझ्ने मौका मिलेको उनीहरुको भनाई थियो । यसबाट धेरै कुरा सिकियो, उनीहरुले भने, हामीले खाने चामलको भातका लागि किसानले कति मिहिनेत गर्दा रहेछन् अनुभब गर्न पाइयो ।’
यसअघि ती विद्यार्थीले नै रोपाईका लागि आवश्यक धानको विउ राखेका थिए । उनीहरुले धानको विउ राख्नेदेखि धान भित्राउनेसम्मको सम्पूर्ण काम गर्ने जानकारी स्कुलले दिएको छ । विउ छर्ने, धान गोडने, काटने, झार्नेदेखि भित्राउने सवै उनीहरुले नै गर्ने स्कुलले जनाएको छ ।
स्कुलकी शिक्षिका एवं धान रोपाई कार्यक्रमकी संयोजक सुनिता सुवेदीले धान रोप्ने कार्यक्रमको दिन अघि नै उनीहरुलाई पहिला नै कक्षाकोठामा जानकारी गराइएको जानकारी दिइन् । धान रोप्ने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा यसअघिका दिनहरूमा नै जानकारी गराइएको उनले सुनाइन् । धान रोप्न विद्यार्थी कोदालो, डाँंटेलगायतका सामाग्री लिएर खेतमा गएका थिए ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षकाबारेमा व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष असारमा रोपाई कार्यक्रम गर्दै आएको जानकारी गराए । खेती किसानबारे वुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा चारका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँंदै आएको उनले जनाए ।
स्कुलले प्रत्येक वर्ष धान दिवस अर्थात् असार १५ का दिन विद्यार्थीलाई धान रोपाईमा सहभागी गराउने गर्दै आएको जनाइयो । तर यो वर्ष असार १५ शनिबार परेकोले आइतबार धान रोपाई कार्यक्रम गरेको स्कुलले जनायो ।
विद्यार्थीले रोपेको धान प्रत्येक वर्ष असार १५ को दिन स्कुलमा दही चिउरा खानका लागि आवश्यक मात्रामा कुटेर चिउरा बनाइन्छ । बाँकी धान भने दानको भावना जगाउन जिल्लास्थित मुनि विहार इनाचो भक्तपुरमा रहेका भन्तेहरुलाई खुवाउन विद्यार्थी दान गर्न पुग्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपड्रागन फल खेतीबाट मनग्य आम्दानी गर्दै गणेश
असार १८, २०८१ मंगलबार
अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती
असार १८, २०८१ मंगलबार
मेचीनगरलाई तोरीमा आत्मनिर्भर बनाउन किसानलाई २७ लाख अनुदान
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु
असार १८, २०८१ मंगलबार
गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : सभापति देउवा
असार १८, २०८१ मंगलबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विधेयक प्रमाणीकरण
असार १८, २०८१ मंगलबार
कांग्रेस-एमाले गठबन्धनको पक्षमा उभिए राप्रपा र लोसपा
असार १८, २०८१ मंगलबार
नक्कली शरणार्थी प्रकरणः प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
असार १८, २०८१ मंगलबार
राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत
असार १८, २०८१ मंगलबार