हनिमुनमा निस्किए सोनाक्षी-जहीर
नेपालबहस संवाददाता
असार १९, २०८१ बुधबार १२:३२:९
१९ असार, काठमाडौं । सोनाक्षी सिन्हाले जहीर इकबालसँगको रोमान्टिक तस्विर सेयर गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार यी तस्बिरहरू दुवैको हनिमुनका बेला खिचिएका हुन्, यद्यपि यी दुवैले आफ्नो हनिमुन कहाँ मनाउँदैछन् भन्ने जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।
मंगलबार साँझ सोनाक्षीले आफ्नो इन्स्टाग्राम स्टोरीमा जहीरसँग स्विमिङ पुलमा रहेको तस्बिर सेयर गरेकी छिन् । तस्बिरहरूमा जहीर-सोनाक्षी एक अग्लो भवनको स्विमिङ पुलमा रहेको बुझ्न सकिन्छ । तस्विर शेयर गर्दै सोनाक्षीले लेखिन्, ‘सुन्दर सूर्यास्त’ । यससँगै उनले हार्ट इमोजी पनि बनाएका छन् ।
जहीरले यी तस्विरहरू पुनः सेयर गर्दै सोनाक्षीको लागि रोमान्टिक क्याप्सन पनि लेखेका छन् । सोनाक्षीको सौन्दर्यको तुलनामा सूर्यास्त फिक्का भएको भन्दै उनले लेखेका छन्, ‘मैले योभन्दा धेरै सुन्दरता देखेको छु ।
सोनाक्षीले गत जुन २३ मा जहीरसँग विवाह गरेकी हुन् । उनले दर्ता विवाह गरेकी हुन् । उनको विवाहपछि हिन्दु-मुस्लिम विवाह भएको भन्दै विवाद समेत भएको छ । उनका भाई विवाहमा उपस्थित नभएको विषय पनि भारतीय मिडियामा चर्चाको विषय बनिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
बाहुबली निर्देशकको नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार