प्रधानमन्त्रीले साथदिन भनेपछि गोजीबाट राजीनामा नझिकि फर्किए रास्वपाका मन्त्रीहरू
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार ११:३:२३
२० असार, काठमाडौं । राजीनामा दिने मनस्थिति बनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू त्यसै फर्किएका छन् । मन्त्री भएदेखि गोजीमा राजीनामा बोकेर हिँडेको बताउने रास्वपाका मन्त्रीहरूले आज पनि बुझाउन सकेनन् ।
राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका हुन । अब प्रधानमन्त्री पदमा रहेसम्म उनीहरुले साथ दिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने निर्णयमा पुगिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
रास्वपाका मन्त्रीहरूसहित प्रमुख सचेतक सन्तोष परियारलगायत बिहीबार बिहान बालुवाटार पुगेका थिए । उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई संसदबाट छिटो विश्वास मत लिन आग्रह गर्दै त्यो बेलासम्म आफूहरूले साथ दिने बताए । प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गर्छु, संसदलाई फेस गर्छु तपाईंहरूले मलाई साथ दिनुपर्छ भनेका थिए ।
प्रचण्डको नेतृत्वको संघीय सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री, सांसद सुमना श्रेष्ठ, शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री छन् । यसअघि बुधबार साँझ प्रधानमन्त्रीलाई भेटेर नेकपा एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएपछि रास्वपाका मन्त्रीहरूले पनि राजीनामा दिने मनस्थिति बनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
आइतबार ५ अंकले बढेर २५९१ मा बन्द भयो नप्से, ४ अर्ब ८६ करोडका शेयर खरिदबिक्री
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार