हिलाम्मे सडक, वडाध्यक्ष भन्छन् - ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार ९:२७:४५
२१ असार, बागलुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन हम्मे हम्मे पर्दछ ।
सडकको दुरावस्थाका कारण नागरिक मात्र होइन, बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैँ दुःख पाउने गरेका छन् । लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन । कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पूरा नहुने बेलासम्म सडकमा सास्ती छ ।
राष्ट्रिय गौरवका आयोजना नै दुरावस्था व्यहोरेको बागलुङका ग्रामीण सडकको अवस्था दर्दनाक छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार एकसाता पहिलेको वर्षापछिको बाढीपहिरोले रोकिएका दर्जन बढी ग्रामीण सडक अझै खुलेका छैनन् ।
“हिउँदभरि बनायो, बर्खाभरि बगायो भइरहेको छ, समयमा काम नहुने समस्याले हामी सधैँ पीडित हुने गरेका छौँ”, काठेखोला गाउँपालिका–६ का अध्यक्ष बृहस्पति कँडेलले भने, “मध्यपहाडीबाट आएको भलबाढी घरघरमा पस्छ, सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो ।” जिल्लाका अधिकांश सडक रोपाइँ गर्न तयार गरिएका खेतभन्दा फरक छैनन् । हिलो र गेग्रायनले भरिएका सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको बागलुङ –१२ का शिव पाठक बताउँछन् ।
सडक हिलाम्मे हुँदा सवारीसाधन र यात्रु दुवै मारमा पर्ने गरेका छन् । ग्रामीण सडक मर्मतका लागि स्थानीय तहले प्रयास गरे पनि पहिराका कारण समयमा सडक खुल्दैनन् । “नगरले पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम गरिरहेकै छ तर निरन्तर वर्षा हुँदा पहिरो खस्न रोकिँदैनन्”, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा भन्छन्, “बर्खा रहुञ्जेल काम चल्ने गरेर मात्रै सडक खुलाउने गरिएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार